“पवित्र उदेश्यले मन्त्रालय आएको हुँ, बैंकबाट काजमा खटिएको होइन”

उर्जा मन्त्री दीपक खड्काको अर्थ विज्ञ सल्लाहकार अमित श्रेष्ठले कर्मचारी प्रेस अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

बिज्ञापन

एक निजी बैंक नविल बैंक (न्यूरोड शाखा)मा कार्यरत श्रेष्ठलाई उर्जा मन्त्रीको अर्थ विज्ञ सल्लाहकारमा नियुक्त गरिएको बिषयमा ०८१ पुस ४ गते अनलाइनमा ‘मन्त्रीको सचिवालयमा धमाधम नविल बैँकका कर्मचारी, अख्तियार भन्छ ’अनैतिक’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

बिज्ञापन

समाचार प्रकाशन भएलगतै अर्थ विज्ञ सल्लाहकारको वोर्ड हटाइएपछि पुन १२ पुसमा ‘निजी बैँकका कर्मचारी मन्त्रीका सल्लाहकार, समाचार आएपछि वोर्ड गायब’ शीर्षकको समाचार प्रकाशन गरिएसँगै उनले उक्त समाचारले मन्त्री एवम् मन्त्रालय जस्तो गरिमामय संस्थाको बदनामी गराउने र आम नागरिकमा भ्रम सिर्जना गरेको र समाचारमा कुनै सत्यता नरहेको भन्दै उनले उक्त समाचारको खण्डन गरेको हुन ।

श्रेष्ठले समाचारले भनेजस्तो आफू काजमा मन्त्रालयमा नखटिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, कुनै पनि प्रकारको सेवा सुविधा नलिने गरी मन्त्रीज्यू र राज्यलाई केही योगदान दिउँ भनेर मेरो कार्यव्यस्तताका बाबजुद केही समय निकालेर मन्त्रालयमा आएको हुँ । मेरो संलग्नता र उपस्थिती शुद्ध मनका साथ मेरो ज्ञान र सीप राज्यलाई दिन सकिन्छ कि भनी केवल सहयोग मात्र गर्ने उदेश्यका साथ उपस्थिती रहेको व्यहोरा जानकारी गराउँछु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष