साँझ परेपछि सचिवहरुलाई स्टाफ कलेजमा डाकेर ‘केरकार’

कर्मचारीको असहयोगका कारण पर्फमेन्स नदेखिएको मन्त्रीहरुको बारम्बारको आरोपसँगै सरकारको दपेटाईमा परेका सचिवहरु केरकारमा परेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई छापामार शैलीमा बेलुका जावलाखेलस्थित स्टाफ कलेजमा भेला गराएर सोधपुछ गरेका छन्।

बिज्ञापन

ललितपुरको जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानको हलमा रात परेपछि शुरु भएको सोधपुछमा विभिन्न मन्त्रालयका सचिव उपस्थित रहेको थियो । पार्टीका भेला बैठकमा जस्तै लामो प्रवचन दिएका प्रधानमन्त्री ओली त्यसक्रममा कर्मचारीको काम गराईप्रति चर्को असन्तुष्टि पोखे ।

बिज्ञापन

राजनीतिक स्थायित्वसहित तीब्र आर्थिक विकासको एजेण्डा अघि सारेर नेपाली काँग्रेसको सहयोगमा सत्ताको नेतृत्वमा पुगेका ओलीको छ महिने कार्यकालमा सरकारले गणना गर्न लायक काम गर्न सकेको छैन । अन्तिम विकल्पका रुपमा गठन भएको भनिएको दुई दलीय सरकारले सिन्को भाँच्न नसक्दा सरकारको औचित्यमाथि प्रश्न उठिरहेको छ । आम रुपमा चर्को निराशा छ भने ओलीको लोकप्रियता निरन्तर ओरालो लागिरहेको छ ।

‘डेलिभरी भएन,के ताल हो तपाईंहरुको ? भनेर सोध्दा केही मन्त्रीले ऐन र कार्यविधिलाई देखाएर सचिवले कलम घुमाउन नमानेका कारण काम गर्न नसकेको जवाफ दिएका थिए । केही मन्त्रीले सचिवको नामै लिएर अख्तियार लाग्छ भनेर कामै गर्दैनन्, हामीले भनेको पनि टेर्दैनन’ भन्ने पोल लगाएको कर्मचारीहरुको गुनासो छ ।

बिज्ञापन

तर,सरकारले डेलिभरी दिन नसक्नुमा कर्मचारीलाई दोष देखाएर मन्त्रीहरु पानीमाथिको ओभानो बन्न खोजेपछि केही दिनअघि ओलीले म आफैँ सचिवहरुसँग कुरा गर्छु भने पछि सोहीबमोजिम हिजो सिंहदरबारका सचिवहरुलाई साँझ परेपछि जावालखेलस्थित स्टाफ कलेजमा तत्काल हाजिर गराएर केरकार गरिएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष