कर्मचारी मूल्यांकन पद्धति :- कति वैज्ञानिक,कति व्यवहारिक ?

सरकारले कर्मचारीहरुलाई बढुवा गर्दा शत प्रतिशत अंक दिने गरेको भेटिन्छ । के कार्यसम्पादन अब्बल भएरै हो त ती कर्मचारीहरुले कासमूमा शत प्रतिशत अंक पाउन सफल भएका हुन ? पछिल्लो समय सरकारी सेवा र कर्मचारी प्रशासनको क्षमता माथि नै प्रश्न चिन्ह उठिरहेका बेला कार्यसम्पादनमा कर्मचारीहरुले कसरी शतप्रतिशत अंक प्राप्त गरेका होलान ?
जस्तो हिजोमात्र बढूवा सिफारिस समितिले १८ जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस भएका उपसचिवहरुमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय, मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदीश्वर उपाध्याय,नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्य राज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्ण बहादुर शाही रहेका छन् । उनीहरुले शत प्रतिशत अंक प्राप्त गरेका छन् ।

बिज्ञापन


यस्तै चालु आर्थिक बर्षमै सहसचिवमा बढुवा सिफारिस भएका नेपाल शिक्षा सेवाका नन्दलाल पौडेल शत प्रतिशत अंक सहित बढुवाका लागि सिफारिस भएका छन् । नेपाल कृषि सेवाका फणिन्द्र राज देवकोटा शत प्रतिशत अंक प्राप्त गरेर बढुवाका लागि सिफारिस भएका छन् । नेपाल इञ्जिनियरिङ सेवाका वावुराम सापकोटाले शत प्रतिशत अंक प्राप्त गरी कार्यक्षमताका आधारमा सहसचिवमा बढुवा सिफारिस भएका छन् । समितिको बैठकले उनीहरुलाई कार्यक्षमता मुल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो । निजामती सेवा ऐन २०४९ को दफा २० (४) र २४ च अनुसार ती उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको जनाएको छ । कुनै पनि कर्मचारीले आफ्नो पदीय जिम्मेवारीअनुसार काम गरे वा नगरेको मापन तथा मूल्यांकन गर्ने विधि कार्यसम्पादन मूल्यांकन (कासमू) हो । यसको अवधारणा कर्मचारीले कुनै पनि काम गर्दा लगाएको समय, कामको परिमाणदेखि प्रभावकारितासम्मको मापन गर्नु हो । त्यसैगरी, कर्मचारीका गल्ती तथा कमीकमजोरीलाईं पनि यसमार्फत औंल्याइन्छ । कर्मचारीको बढुवा, पुरस्कार, दण्ड सजाय, वृत्ति विकास, उच्च शिक्षा अध्ययन छनोटमा यसैलाई आधार मान्ने गरिएको छ ।

बिज्ञापन

कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा ४० र जेष्ठता, तालिम, शैक्षिक योग्यता, भौगोलिक क्षेत्रको सेवाका आधारमा ६० अंक तय हुन्छ । ६० अंक कर्मचारी आफैंले आफ्नो शैक्षिक प्रमाणपत्र, तालिका, सेवा क्षेत्र र जेष्ठताका आधारमा यो अंकको पूर्वानुमान गर्न सक्छ । कतिपय कर्मचारीले बढुवाको समयमा दुर्गममा सरुवा लिएर गएर पनि ६० अंक नै पाउने सुनिश्चित गर्ने गरेका छन् । कर्मचारीहरुको शैक्षिक योग्यता,तालिम,जेष्ठता,भौगोलिक क्षेत्रका आधारमा नम्बर दिँइदै आएको छ र यही आधारमा उनीहरु बढुवा हुँदै आएका छन् । कासमू कार्यालयका सुपरीवेक्षक, विभागीय प्रमुख तथा कार्यसम्पादन मूल्यांकन समितिबाट गरिन्छ । जसका लागि कर्मचारीको जिम्मेवारी, कार्य लागत, प्राप्त नतिजालगायत विषय हेरिन्छ । यसरी दिइने कासमू नम्बर कतिको वैज्ञानिक छ ? सरकारी कर्मचारीहरु नै मूल्यांकन गर्ने विद्यमान परिपाटीप्रति सन्तृष्ट छैनन् । कतिपय भ्रष्ट्राचार मुद्धा खेपेका,दीर्घरोगी,अल्जाइमरजस्तो गम्भीर रोग लागेका कर्मचारीले समेत शत प्रतिशत अंक पाएको देखिन्छ ।

बिज्ञापन


एक पूर्व सचिवले कर्मचारी प्रेससँग भने ०७३ सालमा अल्जाइमर पीडित लोकप्रसाद आचार्य शतप्रतिशत अंकसहित बढुवा सिफारिस भएका थिए । एउटा उदाहरण यही हो,यस्ता दर्जनौं उदाहरण भेटिन्छन्,खोज्ने हो भने । निजामती कर्मचारीको सेवास्तर खस्किए पनि शत प्रतिशत अंक ल्याउने उत्कृष्ट कर्मचारी देखिन्छन् फेरि सर्बाेत्कृष्ट निजामती पुरस्कार थाप्ने कर्मचारी भेट्दैन यही सरकारले ।


कार्यालय प्रमुख वा हाकिमसँग टसल परेका कर्मचारीहरुको कासमू रेटिने गरेको सुनाउँछन्,कर्मचारीहरु नै । जो दूरदराजमा बसेर काम गर्दछ । दिनरात जनताकै लागि काम गर्दछ चाकडी वा चाप्लुसी जान्दैन उसको कासमू अंक कम हुने तर जो हाकिमको चाकडी गर्दछ,जो सिंहदरबार वरिपरी घुमिरहन्छ उसैको कासमूमा शत प्रतिशत अंक आउने गरेको कर्मचारीहरु तीतो पोख्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

कितावखानाको सेवा अब ‘नागरिक एप’ मा : PIS प्रणाली पुनःसञ्चालन, सेवा डिजिटलरुपमा विस्तार

खतिवडाकाे गुनासाेः ‘छलफलमा कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारी आएनन्’

संघीय निजामती बिधेयकमा हेरफेर `सुनियोजित अपराध`: नारायणकाजी

संघीय निजामति बिधेयकमा बदमासी गर्नेलाई कारबाही हुनुपर्छ: प्रचण्ड

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

बिशेष