मालपोतका २५ नायब सुव्वा र ३ खरिदारको सरुवा संशोधन (सूचीसहित)

भूमि व्यवस्था तथा अभिलेख विभागले २५ जना नायब सुव्वा ३ जना खरिदारको सरुवा संशोधन गरेको छ। २०८१ असोज १ देखि १५ गतेसम्म ४८१ जना कर्मचारीको सरुवा भएको थियो । मालपोत अधिकृत ४६ जना, नायब सुब्बा २५४ जना, कम्प्युटर अपरेटर ४४ जना र खरिदार १०४ जनाको सरुवाको उजुरी र गुनासो पछि मन्त्रालयले सहसचिव मदन कोइरालाको नेतृत्वमा एउटा छानबिन समिति नै बनाएको थियो ।

बिज्ञापन

सो सरुवा गर्दा कानुन र विधि मिचेको छानबिन समितिले निष्कर्ष निकालेको र ६५ सरुवा रद्द गर्न सिफारिस गरेको थियो । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख मदन कोइरालाको संयोजकत्वमा सोही महाशाखाका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेको समितिले उक्त सरुवा गर्दा निजामती सेवा ऐन र नियमावली बमोजिम नमिलेको निष्कर्ष निकालेको छ । खासगरी शाखा अधिकृत, नासु, खरिदार र कम्प्युटर अपरेटरको सरुवामा समस्या देखिएको छ । सरुवा सूचीको विश्लेषण गरेर समितिले प्रतिवेदन तयार गरेको हो । ऐन र नियमावलीबमोजिम दुई वर्षमा सरुवा हुनुपर्ने व्यवस्था पालना नभएको, सुगमबाट दुर्गम तथा दुर्गमबाट सुगमतर्फको सरुवा नमिलेको, प्राप्त मागरनिवेदनबमोजिम सरुवा नभएको, सरुवापछिको गुनासो सम्बोधन नभएको, सरुवा मापदण्ड नै नबनाएको र दरबन्दीअनुसारको सरुवा नभएको निष्कर्ष निकालिएको थियो । सो सरुवा हुँदा काठमाडौं उपत्यकाबाट उपत्यकाभित्रै मालपोत अधिकृत ७, नायब सुब्बा ४१, कम्प्युटर अपरेटर ७ र खरिदार १६ जनाको सरुवा भएको भेटिएसँगै तीन महिना पछि २८ कर्मचारीहरुको सरुवा संशोधन गरिएको् मन्त्रालयले जनाएको छ ।
सरुवा सूची संशोधन गरिएकोमध्ये,जनार्दन विक्रम कार्कीलाई कलंकीबाट महोत्तरी पठाइएको छ भने राजकुमार मगरको कलंकीबाट धादिङ पठाइएको छ । यस्तै डिल्लीबजार पुगेका यदुनाथ आचार्यलाई धादिङ मालपोतमा पठाइएको छ भने लक्ष्मी नारायण निरौलाको भक्तपुरबाट नुवाकोट, बिमल खनाललाई भक्तपुरबाट सर्लाही, रामप्रसाद भट्टराईको भक्तपुरबाट खोटाङ रमेश पोखरेल डिल्लीबजारबाट गोरखा पुगेका छन् । यस्तै सरुवा संशोधन भएकामध्ये राजकुमार कटुवालको साँखुबाट सरुवा भएर बारा पुगेका छन् भने त्यहाँ पुगेका चन्द्रमणि पोखरेल रौतहट पठाइएको छ ।

बिज्ञापन

यस्तै टिकाप्रसाद घिमिरेको काठमाडौँ,मनमैजुबाट स्याङ्जा, कमल लामाको ललितपुरबाट मकवानपुर, नरेश राम सिंहको लगनखेल ललितपुरबाट गोटीखेल ललितपुर पुगेका छन् । यस्तै देवराज भट्टराईको धादिङबाट काठमाडौँ साँखुमा ल्याइएको छ भने रामेश्वर कुँइकेल गोटीखेलबाट साँखु पठाइएको छ । दुर्गा शर्माको काभ्रेपलाञ्चोकबाट काठमाडौँ साँखु,द्रोणकुमार पराजुलीको नुवाकोटबाट ललितपुर,लगनखेलमा अवसर पाएका छन् । कृष्णकुमार मोतेको काभ्रेपलाञ्चोकबाट लगनखेल,ललितपुरमा ल्याँदा सुरेन्द्र थापाको दोलखा,चरिकोटबाट काठमाडौँ डिल्ली बजारमा आएका छन् ।
थकेन्द्रराज दाहालको खोटाङबाट मनमैजु, मनोज कुमार साहको सीमरा बाराबाट कलंकी, रुद्रबहादुर बुढाथोकीको काभ्रे पलाञ्चोकबाट भक्तपुर पठाइएको छ । यस अघि भक्तपुरबाट टोखामा पुर्ठयाइएको अन्जु शर्माको टोखाबाट भक्तपुरमै खटाइएको छ भने लक्ष्मीप्रसाद न्यौपानेको स्याङ्जाबाट कलंकी, योगेश बडालको टोखा बाट धनगढी,कैलाली पठाइएको छ ।
यस्तै खरिदार तहमा कार्यरत ३ कर्मचारीकाृे सरुवा संशोधन भएको छ । जसमा डिल्लीबजार मालपोतमा पुगेका अच्यूतम केसीलाई मालपोत गोटीखेलमा पठाइएको छ भने पोशनराज केसीलाई भक्तपुरबाट रामेछाप र निर्मल रावललाई लगनखेल ललितपुरबाट सिन्धुपाल्चोकमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष