गीतकार तथा प्रशासनविद डा. दामोदर रेग्मीको जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्दको गीतको म्यूजिक भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका आनि छोइड्ग डोल्माको स्वर रहेको छ भने कीर्ति न्यौपानेले संगीत दिएका छन् । हामी जस्ता सकारात्मक सोचको अभियानमा होमिएका व्यक्तिहरुको अतिरिक्त सवैको लागि गीतको भाव ग्रहणयोग्य रहेको कुरा गायिका आनि छोइड्ग डोल्माले वताइन। यस गीतका शव्दहरु अति मर्मस्पर्सी र यथार्थपरक रहेका र मेलोडी अति सुन्दर रहेको छ गीतकार डा. दामोदर रेग्मी र संगीतकार कीर्ति न्यौपाने संगको यो सहकार्य अति फलदायी रहेको र यो भिडियो लोकप्रिय बन्ने कुरामा आशावादी रहेको कुरा बताइन । म्यूजिक भिडियोका निर्देशकले अति सुन्दर निर्देशन गर्नु भएको छ । उनले थपिन यो गीतमा आम मानिसको जीवनको भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा निकै मिठो सुन्दर रचना रहेको छ । गीतकार डा. दामोदर रेग्मी आफैमा कुशल प्रशासनविद र राम्रा गीतहरुका रचनाकार हुनुहुन्छ त्यसमाथि यस गीतमा गीतकारले परिवेशको थथार्थ परिकल्पना र सो अनुरुप अति राम्रो संग शव्दको चयन गर्नु भएको छ।नेपाली गीत संगीतको क्षेत्रमा अति राम्रा र कालजयी गीतका सर्जक डा. दामोदर रेग्मीको गीतमा संगीत भर्न पाउंदा ज्यादै खुशी लागेको र आनि छोइड्ग डोल्माको स्वर समावेश गर्न पाउंदा हर्षविभोर भएको कुरा संगीतकार कीर्ति न्यौपानेले बताए ।
बिज्ञापन
यस भिडियोमा चर्चित अभिनेत्री मिथिला शर्माले शिक्षिका र समाजसेवीको भूमिका निर्वाह गरेकी छन्। गीतका हरेक शव्द शव्दले मलाइ छोयो यस गीत मलाइ नै हेरेर सिर्जना गरिए जस्तो लाग्यो गीतले आम मानिसको जीवनको भोगाइ र चुनौतीलाई सामना गर्ने उर्जा दिएको छ यसै कारणले मलाइ अभिनयको लागि गरिएको आग्रहलाई मैले तत्कालै स्वीकार गरें अभिनेत्री मिथिला शर्माले बताइन । मेरो अभिनय जीवनमा गरेका अभिनयहरुमध्ये कथाको चयन र प्रस्तुतिको दृष्टिले यो म्यूजिक भिडियो जीवन पर्यन्त विशेष महत्वको रहने कुरा उनले बताइन ।
गीतकार डा. दामोदर रेग्मीको एउटा सुन्दर संयोजन सहितको सकारात्मक सोच रहेको गीतमा संगीतकार कीर्ति न्यौपाने र आनि छोइड्ग डोल्मा संग सहकार्य भएको गीत ल्याउन पाउंदा खुशी लागेको र त्यसमाथि वरिष्ठ कलाकार मिथिला शर्माको अभिनयले भिडियो जीवन्त बनेको छ उनले वताए ।
बिज्ञापन
गीतकार रेग्मी भन्छन् मेरो शव्द रहेको, आनि छोइङ्ग डोल्माको स्वर र किर्ति न्यौपानेको संगीतमा रहेको जिन्दगीको पाठशालाले धेरै पढायो शव्दको गीत जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा सकारात्मकता तर्फ अभिप्रेरित गर्ने भाववाट अघि वढैको छ । यसै कारणले पनि जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतमा उहांको स्वर प्रयोग गरेका हौं साथै गीतको भाव अनुरुपको संगीत दिन संगीतकार किर्ती न्यौपाने अभिनेत्री मिथिला शर्मा र निर्देशक कृष्णदेव रुपाखेती चयन हुनु भएको हो यसमा संलग्न सवैको अथक परिश्रम र सिर्जनशीलताको कारणले गीत र भिडियो दुवै राम्रो बन्न पुगेको गीतकार रेग्मी बताउंछन् ।
भिडियोका निर्देशक कृष्णदेव रुपाखेती बताउंछन् यस्ता गीतहरु लामो कालखण्डमा मात्र लेखिने गर्दछन् जुन कुरा गीतकारले गर्नु भएको छ । नेपाली गीति क्षेत्रमा समेत विशिष्ट पहिचान बनाउनु भएका प्रशासनविद डा. दामोदर रेग्मीको शव्द रहेको जिन्दगीको पाठशालाले धेरै पढायो कहिले हंसायो कहिले रुवायो चुनौतीको सामनामा उर्जा दिलायो पौरखी यी हातमा भाग्य जुरायो लगायतका वोल रहेको गीत शव्दका दृष्टिले महत्वपूर्ण त छदैछ त्यसलाई संगीत र स्वरले जीवन्त बनाएको छ र मिथिला शर्माको अभिनयले उत्कृष्ट बनेको छ । मैले निर्देशन गरेका म्यूजिक भिडियोहरु मध्येमा यो भिडियो अव्वल दर्जामा रहेको छ निर्देशक कृष्णदेव रुपाखेतीले वताए ।ए वन म्युजिशियनका मिक्सिड्ग माष्टरिड्ग किशोर थापाले मिक्सिड्गको क्रममा मैले यो गीत सयौ पटक सुने। मिक्सिड्ग गर्दा मिक्सिंगको काम सकिएपनि यो गीत सुनिरहन मन लाग्यो मैले मिक्सिड्ग र माष्टरिड्ग गरेका गीतहरुमा जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्द रहेको यो गीत अव्वल गीतहरु मध्येमा पर्ने बताए ।गीतका एरेन्जर पुरुषोत्तम सुवेदीले अति नै राम्रो गीत र भिडियो बनेको कुरा बताए ।
बिज्ञापन
गीतकार डा. दामोदर रेग्मीका प्राय सवै गीतहरु सकारात्मक सोचमा आधारित रहेका छन् । उनको शव्दमा आनन्द कार्की, मुरलीधर, समीक्षा अधिकारी, प्रताप दास, सुरेश लामा, अनु चौधरी, दीपा लामा जस्ता गायक गायिकाको स्वरमा चर्चित गीतहरु आइसकेका छन् र ती गीतहरुमा किरण कडेल, डि वि लामा, मुरलीधर आदि संगीतकारहरुको संगीत रहेको छ।
म्यूजिक भिडियोको लिंक https://www.youtube.com/watch?v=ffVkMZYuqLM