प्रशासनका ८,शिक्षा -स्वास्थ्य समूहका ४ गरी १२ सहसचिवहरुको सरुवा

सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । सरुवा भएकामध्ये प्रशासन सेवाका ८,शिक्षा सेवाका २ र स्वास्थ्य सेवाका २ जना रहेका छन्
जसमा परराष्ट्र मन्त्रालयका सहसचिव नवराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा कामकाजका लागि खटाएको छ भने संघीय मामिला तथा अतिरिक्त समूहमा परेका टंक प्रसाद पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा खटाएको छ ।
यस्तै भ्रष्टाचार मुद्धा लागेर क्लिन चिट पाएका रितेश कुमार शाक्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मतीमा खटाइएको छ भने गोदावरी नगरपालिकामा रहँदा भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परी हालैमात्र क्लिन चिट पाएका वीरेन्द्रदेव भारतीलाई पनि बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
शिक्षा सेवा समूहका बसन्त कोइरालालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूदुरपश्चिममा पठाइएको छ ।
भक्तपुर अस्पताल एघारौं तहमा कार्यरत सुमित्रा गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशमा खटाइएको छ । सरुवाको सूची अनुसार,शिक्षा सेवाका रुद्र अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयबाट मधेश प्रदेशमा खटाइँदा चिरञ्जिवी पौडेललाई लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ ।

बिज्ञापन

बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयमा कर्यारत एघारौं तहका प्रवीण श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिँदा दिपकराज कोइराला महिला बालबालिका मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पुगेका छन् । राष्ट्रिय सुरक्षा परिषद्मा थन्काइएका चक्र बहादुर बूढा महिला मन्त्रालय पुगेका छन् ।
यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयबाट बिष्णु शर्मा सामान्यको अतिरिक्त समूहमा लगिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य भन्सार प्रमुखहरुको सरुवा

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

थप तीन उपसचिव सहसचिव बढुवा सिफारिस

बिशेष