निजामती कर्मचारीमा समावेशी आरक्षण एक पटक मात्र लिन पाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । आरक्षण कोटाका नाममा तरमारा बर्गहरु लाभन्वित भएको र एउटै व्यक्तिले पटक पटक आरक्षण लिने विकृतीलाई रोक्न ऐनमा यस्तो व्यवस्था राख्न प्रस्ताव गरिएको हो ।
बिज्ञापन
गण्डकी प्रदेश लोकसेवा आयोगले संघीय निजामती विधेयकका सम्बन्धित लक्षित वर्गसम्म समावेशिताको पहुँच पुग्ने गरी संघ, प्रदेश तथा स्थानीय तहको पदमा एकपटक समावेशी समूहबाट सिफारिस भई नियुक्त भएका कर्मचारीले कुनै पनि तहको पदको प्रतिष्पर्धामा पुनः समावेशी समूहबाट उम्मेदवार हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
बिज्ञापन
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ११ मा यससम्बन्धी व्यवस्था छ । प्रस्तावित विधेयक अनुसार खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्याई उक्त प्रतिशतलाई शत प्रतिशत मानेर आरक्षण अन्तर्गतका समूहहरु भित्र मात्रै छुट्टा छुट्टै प्रतिस्पर्धा गराइनेछ ।यसमा पनि ३३ प्रतिशतमा महिलारमहिला बीच मात्रै प्रतिस्पर्धा हुन्छ । बाँकी पदमा समावेशी आरक्षण छुट्याइएको छ ।
गण्डकी प्रदेश लोकसेवा आयोगले समावेशी आरक्षणमा अवसर एकपटक पाएकालाई दोहोर्याएर अवसर नदिने प्रस्ताव गरेको हो । प्रदेश लोकसेवा आयोगले गत मंसिर २७ गते प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिलाई लिखित रुपमा सात बुँदे सुझाव पठाएको छ । जसमा एउटा बुँदा छ,आरक्षणसम्बन्धी ।
बिज्ञापन
आरक्षण कोटामा ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटनालाई मध्यनजर गर्दै गण्डकी लोकसेवा आयोगले यस्तो प्रस्ताव गरेको हो । दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म अपांङ्ग कोटाको सुविधा लिन थालेपछि वास्तविक अपाङ्ग मर्कामा पर्न थालेका गुनासो सुनिन्छ ।
एक जना निजामती कर्मचारीले जागिरे जीवनमा कतिपटक आरक्षण कोटा प्रयोग गर्न पाउँछ ? कुनै परिवारका श्रीमान‑श्रीमतीले नै आरक्षण कोटाबाट लाभ लिन पाउने कि नपाउने ? यही स्पष्टता नहुँदा कोही कर्मचारीले आरक्षणका नाममा पटक पटक लाभ उठाउँदै आएका छन् । केही कर्मचारी त शाखा अधिकृत हुँदै सचिवसम्म बनेका छन्,यही आरक्षण कोटामा टेकेर । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका कृष्णहरि पुष्कर र उनको पत्नी आभा कर्णले पटक–पटक मधेशी र जनजातिको कोटामा टेकेर निजामती सेवाका उपल्लो पदमा पुग्न सफल भएका छन् । मधेशी कोटाबाट उपसचिव र सहसचिव बनेका पुष्कर कर्ण आफूलाई कर्ण होइन पुष्करका रूपमा परिचित गराउँदै आएका छन् ।
लोकसेवा आयोगको अनुसार,उनी कार्तिकमा मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन तर्फको उपसचिव बनेका हुन अनि ०६८ फागुनमा मधेशी कोटाबाटै सहसचिव । यसरी मधेसी कोटाबाट उपसचिव, सहसचिव हुँदै सचिव बनेका पुष्कर सचिव भएपछि मधेश प्रदेश टेकेनन् । जुन प्रदेशबाट निजामती वृत्तमा खुट्किला चढ्दै गए त्यही प्रदेशमा गएर सेवा गर्न वा योगदान दिन चाहेनन् । पुष्कर पत्नी आभा सहसचिव हुन,उनले पटक पटक आदिवासी जनजाती कोटाबाटै निजामतीमा भ¥याङ्ग चढ्दै अहिले सहसचिवका रुपमा सिंहदरबारभित्रै कार्यरत छिन् । आभा श्रेष्ठ कर्ण ०६७ सालमा महिला कोटाबाट उपसचिव भइन अनि पाँच बर्ष नबित्दै ०७१ फागुनमा मधेशी कोटाबाट सहसचिव । कर्ण अहिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा छिन् । उनले कहिले आदिवासी त कहिले मधेसी कोटाबाट लाभ लिएर निजामती सेवाको उपल्लो पदमा पुगेको देखिन्छ । यसरी मधेसी कोटाबाटै लाभ उठाएका कर्मचारी मधेशमा गएर सेवा गर्न परे आफूलाई कारवाही गरेको ठान्छन् ।
यस्तै आरक्षण कोटा एक पटक होइन,दुई तीन पटकसम्म प्रयोग गरेर कतिपय कर्मचारीहरु शाखा अधिकृतबाट उपसचिव,सहसचिव हुँदै सहसचिवसम्म बनेका छन् ।
चन्द्रकला पौडेल दुईपटक महिला कोटाको लाभ उठाएकी छिन् । उनको श्रीमान कृष्णकान्त उपाध्याय सरकारकै सहसचिव हुन । सहसचिव निर्मला अधिकारी भट्टराई पनि दुई–दुईपटक महिला कोटामा परेर अधिकृत हुँदै सहसचिव भएकी हुन । यस्तै हाल सञ्चार मन्त्रालयमा रहेका गजेन्द्रकमार ठाकुर ०६७ साल जेठमा मधेशी कोटाबाट प्रशासन सेवाको उपसचिव बने भने ०७३ वैशाखमा फेरि मधेशी कोटाबाटै ठाकुर सहसचिव बन्न सफल भएका कर्मचारीका रुपमा चिनिन्छन् ।
लोकसेवा गुरुका रुपमा आफूलाई चिनाउन चाहने हेमराज तामाङ ०६९ असोज आदिवासी/जनजाति कोटाबाट प्रशासनको शाखा अधिकृत बने भने ०७३ वैशाख त्यहिँ कोटाबाट प्रशासन सेवाको सहसचिव भए । यस्तै सुरेन्द्रकुमार यादवले पनि सोही कोटाबाट दुई पटक बढुवा खाएका छन् । हालै लोकसेवा आयोगमा पुगेका सहसचिव रामकुमार महतो,चीनको छेन्दुमा महावाणिज्यदूत बनेका सुरेश राउत,कुमानसिंह गुरूङ, स्किम श्रेष्ठ,रामकृष्ण श्रेष्ठ दम्पत्ति,ललितपुर महानगरपालिकामा रेखा दास पनि पटक पटक लाभ लिने प्रशासकमा पर्दछिन् ।
दलित कोटाबाट प्रमुख जिल्ला अधिकारी समेत बनिसकेका मेखबहादुर मंग्राती,परराष्ट्रका सहसचिव कौशल किशोर राय, बेल्जियमको राजदूतमा नियुक्त भएकी सचिव सेवा लम्सालले सेवामा रहँदा पटक पटक आरक्षण कोटाको लाभ उठाएकी थिइन ।
निजामतीमा विकृती कस्तो छ भने पटक पटक आरक्षण कोटाको लाभ लिएर बढुवा खाने,तर मधेसी कोटामा बढुवा खाएकाहरुलाई मधेशमा गएर काम गर्न नचाहने,दुर्गमबाट बढुवा खानेहरुलाई कर्णाली सूदुरपश्चिम जान नमान्ने अनि अपाङ्ग कोटामा बढुवा खाएकालाई अपाङ्ग भनिदिँदा उल्टै मानहानीको मुद्धा हालिदिने स्थिति छ ।