अर्थ सचिवले बोल्न खोज्दा सांसदको आपत्ति, समिति बैठकमा सभापतिसँग चर्काचर्की

अर्थ समितिको बैठकमा समितिका सभापति र समितिका सदस्य सांसदहरुबीच चर्काचर्की परेको छ । संसदको अर्थ समितिले आज बिहान ११ बजेका लागि बैठक डाकेको थियो ।
सो समितिमा सभापति बाहेक २२ सदस्य रहेका छन् । जहाँ अन्जनी श्रेष्ठ,अम्मर बहादुर रायमाझी,उपेन्द्र यादवका अलवा गंगा कार्की,छिरिङ डम्डुल लामा (भोटे),जुली कुमारी महासेठ, दीपक बोहरा,नारायण प्रसाद आचार्य सदस्य रहेका छन् । यस्तै सोही समितिका सदस्य हुन नारायणी शर्मा,पदम गिरी,डा प्रकाश शरण महत,बर्षमान पुन,भगवती चौधरी, मुक्ता कुमारी यादव,मेटमणि चौधरी,रण कुमारी बलम्पाकी मगर,डलरे अर्वपति विनोद कुमार चौधरी पनि सोही समितिका सदस्य हुन । यस्तै, विराज भक्त श्रेष्ठ,स्वर्णिम वाग्ले,सूर्य बहादुर थापा क्षेत्री,ज्ञान बहादुर शाही र ज्ञानेन्द्र बहादुर कार्की उक्त समितिको सभापति छन् ।

बिज्ञापन

आजको बैठकमा सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफलको एजेण्डा तय भएको थियो । सोही अनुसार विहान ११ बजे डाकिएको बैठक कोरम नपुग्दा स्थगित भएको छ । समितिको बैठक बस्नका लागि गणपुरक संख्या पुग्न आवश्यक छ । २३ सदस्यीय अर्थ समितिको बैठक बस्नका लागि ५१ प्रतिशत सदस्य अर्थात १२ जना उपस्थिति हुनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत सदस्य उपस्थित भएमा अर्थात  १२ जना उपस्थित भए बहुमत पुग्ने थियो तर १ जना नपुग्दा बैठक स्थगित गर्नु परेको छ ।

बिज्ञापन

समितिका सभापति सन्तोष चालिसेले गणपुरक संख्या नपुगी बैठक अगाडि बढाउँदा सदस्यसँग चर्काचर्की भएको हो ।

सूर्यबहादुर थापा, पदम गिरी, रण कुमारी बलम्पाकी मगर, अञ्जली श्रेष्ठ,नारायणी शर्मा, गंगा कार्की, छिरिङ डम्डुल लामा र रास्वपाका विराजभक्त श्रेष्ठ गरी ९ जना उपस्थित थिए । एक जना समिति सदस्य हाजिर गरेर टाप ठोकेपछि जम्मा १० सदस्यमात्र भए । त्यतिमै सभापतिले बैठक अगाडि बढाउँदा चर्काचर्की परेको हो ।

बिज्ञापन

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि गयल भएका छन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १८२ को उपनियम १ मा गणपूरक संख्या नपुगेमा बैठकको कार्य स्थगित गर्नुपर्ने प्रावधान छ तर सभापतिले पेलेर जान खोजेपछि सांसद गंगा कार्कीले कोरम नपुगी बैठक बसेको प्रति विरोध जनाउन परेको थियो । बैठक शुरू गरेलगत्तै सभापति चालिसेले अर्थ सचिवलाई विधेयकमाथि प्रकाश पार्नका लागि समय दिए । अर्थ सचिव बोल्न शुरू नगर्दै माओवादी सांसद गंगा कार्कीले कोरम नपुग्दै कसरी बैठक शुरु गरेपछि चर्काचर्की परेको हो ।

यही चर्काचर्की पछि बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष