कर्मचारीको उमेर हद तह अनुसार राख्न पूर्वमन्त्रीको प्रस्ताव

पूर्वमन्त्री तथा  नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीको अवकाशको उमेर हद कर्मचारीको तहका आधारमा गर्न प्रस्ताव राखेका हुन ।

बिज्ञापन

आइतबारबाट प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दफावार छलफल चलिरहेको संघीय निजामती सेवा विद्येयक उपरको छलफलको क्रममा उनले उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीको उमेर हद ६५ बनाउनुपर्ने र उपसचिवभन्दा तल्ला तहका कर्मचारीको उमेर हद ६२ बर्ष गर्न प्रस्ताव गरेका हुन ।
अहिले निजामती कर्मचारीका उमेर हद ५८ बर्ष रहेको छ । यस्लाई २ बर्ष बढाएर ६० बनाउने बहस भइरहँदा उनले निजामतीको पद अनुसार उमेर हद बनाउन प्रस्ताव गरेका हुन ।
एक सयभन्दा बढी मुलुकमा मुलुकमा अवकाशको उमेर ६५ वर्ष रहेको उल्लेख गर्दै नेपालमा पनि अहिले सरदर आयु बढेको कारण उपसचिवमाथि सहसचिव र सचिवको ६५ वर्ष र उपसचिवभन्दा तलका पदमा ६२ वर्ष उमेर हद कायम गर्न प्रस्ताव राखेका हुन ।

बिज्ञापन

यस्तै भट्टराईले अवकाश लगतै कर्मचारीहरुले कुनै नियुक्ति गर्न नहुने बताए। अर्को निकायमा नियुक्तिमा लागि कम्तिमा दुई बर्षको कुलिङ पिरियड हुनुपर्ने प्रस्ताव गरेका हुन ।

यस्तै भट्टराईले निजामतीको स्लोगन नै परिवर्तन गर्न प्रस्ताव गरेका छन् उनले राजाको काम कहिले जाला घाम भन्ने भनाइ लाई परिवर्तन गरी आफ्नो काम सन्तोषजनक दाम,सेवामा हुने छैन कम स्लोगन बनाउनु पर्ने प्रस्ताव राखे ।

बिज्ञापन

संघीय निजामती सेवा विद्येयकमा १२४ जनाले संशोधन १५८३ वटा विषयमा संशोधन प्रस्ताव हालेका छन् । आइतबारदेखि संशोधनकर्ताहरुसँग छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात सार्वजनिक संस्थान निजीकरणको तयारी, मन्त्रालयले अगाडि बढायो प्रक्रिया

मुख्य सचिवको १० महिना : सार्वजनिक प्रशासन र सेवा प्रवाहको क्षेत्रमा के- के भए सुधार ?

वैरोको सुधार अभियान : बिचौलियाविरुद्ध कठोर र प्रविधिमैत्री सेवाले श्रमिकलाई राहत

निजामती विधेयकमाथि निजामती कर्मचारी संगठनको सकारात्मक टिप्पणी, माग समेट्न राष्ट्रिय सभालाई आग्रह

बहुप्रतिक्षीत संघीय निजामती सेवा ऐनसंगको अपेक्षा

अब खुल्नेछैन नासु पदमा नयाँ विज्ञापन

‘कानुनी छिद्र’ राखेर पारित भयो कुलिङ पिरियड

भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

बिशेष