सहसचिव गणेशराज वस्तीका कविता :-उनीहरू बदलिऊन्

सिधा अगाडिको पर्खाललाई
यसो हेरेँ
र, सोचेँ
आज त्यो पर्खालको चित्र कोर्ने कहाँ छ?
चित्र कोर्नेले फेदबाट कोर्यो वा टुप्पाबाट!
जताबाट कोरेपनि
आखिर उसले चित्र त कोर्यो !
उसको सीप त्यहाँ प्रकट भयो
चित्रकारको सीपलाई मिस्रीहरूले
आफ्ना सीपमा जोडे
थपथाप गरे
बढाए, बिस्तार गरे।
र, अन्ततः
यौटा चित्रले मुर्तरूप पर्खाल पायो
ढुङ्गा, इंटा र मसलाको मिलापमा
हावापानीसँग सन्धि गरेर
घामसँग दोस्ती बढाएर
गारो ठढियो,
चित्रकार
मिस्री
प्रकृतिको अवयब
सर्जक
र सिर्जनाको हेतु
यी सबैको जोड र एकीकृतभावबाट
निर्मित पर्खाल
जो ठढिएको छ आज
मेरा सिधा अगाडि नब्बे डिग्रीमा
हाजिर छ ऊ आफ्ना काममा
अरूका मेहनतमा ब्युत्पन्न ऊ
अब आफ्नो कर्तव्य सम्झिरहेछ
आफूलाई आफू बन्न बनाउन
सम्लग्न अवयब सम्झिरहेछ
र त होला ऊ
हर्दम होशियार देखिन्छ
सयंम देखिन्छ
वरपरबाट
यताउति गर्ने जोकोहिलाई
हेर्न त हेर
हेरेरै त के नै बिग्रन्छ र?
भन्दै तर हल्लाउने, भाँच्ने काम चाहिँ नगर भन्छ ऊ!
ऊ ठाढो छ, उभिएको छ
उसको आडमा
अरू उभिएका छन्
अरू ठढिएका छन्
उसलाई थाह छ कि
जसरी ऊ गारो
चार- पाँचवटा तत्त्वबाट
बनेको छ
ती छिन्नभिन्न भए
उसको अस्तित्व
सदाका लागि समाप्त हुन्छ
त्यसै गरि
उसको भरमा पनि
कयौं अरू बाँचेका छन्
त्यसैले बुझक्कड ऊ
ज्ञानी ऊ
उसले,
परस्पर सहयोग गर्ने विचार बोकेको छ
ऊ (गारो) बोल्दैन
तर धेरै गर्छ
उसले गरेको सिधै देखिन्छ
हामीले यहाँ गारोबाट
धेरै सिक्नुपर्ने देखिन्छ
नबोल्ने वा थोरै बोल्ने
र धेरै सोच्ने र गर्ने
हे बौद्धिक गारो
हे कामयावी गारो
तिमीलाई हामीले
आफ्नो आइडोल बनाउन सकूँ
यहाँ आफूलाई आइडोल भन्नेहरूले
तिमीबाट धेरै सिकून्
उनीहरू बदलिऊन्।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष