१४ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा नेपाल टेलिकमको नाफा झण्डै २५ करोडले गिरावट आएको हो । नेपाल टेलिकमले यो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो बर्षको यही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको नाफाको तुलनामा झण्डै २५ करोड अर्थात १४ दशमलव २० प्रतिशत घटेको हो ।

बिज्ञापन

सरकारले गत भदौं २० मा टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई प्रवन्ध निर्देशकको रुपमा नियुक्ति गरेको छ । जागिरे जीवनको लामो कालखण्ड मोबाइल सेवातर्फ परियोजना, सञ्चालन, मर्मत, खरिददेखि सबै क्षेत्रको अनुभव बटुलेकी पहाडी त्यहाँका ट्रान्समिसन निर्देशनालयमा अपरेसन, मेण्टिनेन्सको प्रमुखका रूपमा रहेर काम गरिसकेकी अनुभवी कर्मचारी हुन । फोर जी आयोजनामा नेटवर्क टिमको प्रोजेक्ट म्यानेजर हुँदै ११ औँ तहमा निर्देशकको भूमिकामा निर्वाह गरेकी पहाडीले दुई वर्ष त्यहाँ काम गरेपछि केन्द्रीय कार्यालयमा अर्को २ वर्ष व्यापार प्रमुखको जिम्मेवारी गरेकी उनी चिफ टेक्निकल अफिसरको अनुभव समेत बटुलेर कम्पनीको नेतृत्व तहमा पुगेकी छिन् ।
तर अनुभवी कर्मचारी पाउँदा समेत टेलिकमको आम्दानी घटेको छ । समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा ४५.०५  रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ३८.६६  कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने ५३५.०९  रहेको छ ।

बिज्ञापन

गत असोजसम्म कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १ दशमलव ११ प्रतिशत बढेर ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ गरेको छ । यस्तै, वित्तीय आम्दानी ३३ प्रतिशत घटेर १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुल आम्दानी ५ दशमलव ४९ प्रतिशत घटेर १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँ ग्राहकसँगको सम्झौता आम्दानी, १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ वित्तीय आम्दानी र १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

बिज्ञापन

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २।२७ प्रतिशत बढेर ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६।२० रुपैयाँ घटेर ३८।६६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५३५ दशमलव ०९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २५ दशमलव ८३ गुणा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा विमानस्थल ८ अर्ब घोटला : यी हुन अख्तियारले प्रतिवादी बनाएका मन्त्री,सचिव,सहसचिवसहितका ५५ प्रतिवादी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

बिशेष