करारका कर्मचारीलाई स्थायी नियुक्ति,विवाद सामधान गर्न ९ सदस्यीय समिति

करार सेवाका कर्मचारी हटाउने बिषयमा उत्पन्न भएको विवाद सामाधान गर्न समिति गठन भएको छ । करार सेवामा कार्यरत रहेका २८ जना प्राविधिक कर्मचारीलाई हटाउने बिषयमा लफडा परिरहेको छ त्यहाँ । त्यहाँ १० इन्जिनियर तथा १८ जना सबइन्जिनियर करार सेवामा कार्यरत छन् । उनीहरुलाई लोकसेवा परीक्षा नै नलिइ स्थायी गरिएको थियो ।
त्यहाँ लोकसेवा आयोगले स्थायी कर्मचारी पठाए पनि करार कर्मचारी कार्यरत छन् । कात्तिक १४ को ३७ औं कार्यपालिका बैठकले ती २८ कर्मचारीलाई कार्तिक महिनासम्मको तलब दिएर मंसिर १ देखि विदा गर्ने तयारी छ ।कांग्रेसले जुनसुकै हालतमा ति कर्मचारी हटाउनुपर्ने तर एमालेले भने कुनै पनि हालतमा हटाउनु नहुने पक्षमा छन् ।

बिज्ञापन

सोही बिषय सामाधान गर्न महानगरका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिम्सिनाको संयोजकत्वमा कांग्रेस र एमाले वडाध्यक्ष र सदस्य सम्मिलित समिति गठन गरिएको हो ।

बिज्ञापन

समितिको सदस्यहरुमा ४ नम्बर वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ छन् । यस्तै, ३० नम्बरका सदस्य विनोद लामिछाने, १६ का सदस्य रामचन्द्र आचार्य, २२ की सदस्य कृष्ण कुमारी पौडेल र २८ की डाल्डादेवी भुजेल पनि सदस्य छन् ।

बिज्ञापन

उनीहरुलाइ समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारका दुई सहसचिव सचिवमा बढुवा, सापकोटा प्रधानमन्त्री कार्यालयमा,पौडेल पुगे कोशी प्रदेश

प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा छाड्न अदालतको आदेश

रुग्ण ठेक्का व्यवस्थापन : ‘अब माया होइन, काम चाहिन्छ’: महानिर्देशक जैसी

आठ सचिवहरूको सरुवा

यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय (सूचीसहित)

अख्तियार आयुक्त किशोर सिलवाल अवकाशमा, आयोगमा एक पद रिक्त

लेखाका अधिकृत र उपसचिव गरी २० कर्मचारीको सरुवा

गर्भ रहेदेखि बच्चा नजन्मिँदासम्म के खाने, कस्ता गतिविधि गर्ने

बिशेष