सभामुखको पावर लगाएर सुव्वाले पटक पटक उल्टाए सरुवा

एउटा सुब्बाले सिंगो विभागका हाकिमहरुलाई हल्लाइदिन्छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर प्रधानमन्त्री कार्यालय मातहतका विभागका एक मामुली सुब्बा तहका कर्मचारीले पटक पटक सरुवा उल्टाएर सोही कार्यालयमा टिकिरहन सफल भएको भेटिएको छ । ती सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री,सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयलाई पानीको फोका’ झैं क्षणभरमै उल्टाउँदै आएको भेटिएको हो । यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन, कानुन आकर्षित हुन्छ ।

बिज्ञापन

 

बिज्ञापन

कसैले छुन वा चलाउन सक्छ । न त कुनै परिपत्रले केही लछार्न सक्छ ? यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन,कानुनले कम र ‘डनतन्त्र’ले बढी चलिरहेको छ । पद सानो तर पावर र पहुँच ठूलो देखाउने शक्तिशाली कम्युटर अपरेटर हुन,रामप्रसाद घिमिरे । राजपत्र अनकिंत प्रथम श्रेणीका कर्मचारी । कर्मचारी संकेत नम्बर,१९१७४४ रहेका उनी यस अघि लामो समय इटहरीमा दुई बर्ष बसेर राजश्व अनुसन्धान विभागमा आएका हुन । अहिले त्यहाँ स्टोर किपरको भूमिकामा छन् । यस अघि पटक पटक सरुवामा परेर उल्टाउँदै आएका उनी अहिले एउटै जिल्लाबासी र थर समेत मिल्ने चण्डी घिमिरे उक्त कार्यालयको महानिर्देशक बनेर आएसँगै हाकिमको दाहिने हात बन्न पुगेका छन् । घिमिरेको यस अघि गत जेठमा त्यहाँबाट सरुवा भएको थियो । कर्मचारी प्रेसलाई प्राप्त कागजात अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ०८१ साल जेठ १२ गते उनको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत गरेको थियो । तर महिना दिन नबित्दै असार २३ मा उक्त सरुवा उल्टाए । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार,उक्त सरुवा उल्टाउन सभामुख देवराज घिमिरेले तत्कालीन सचिव मुकुन्द निरौलालाई दवाव दिएका थिए ।

बिज्ञापन

सोही दवाव अनुसार उनको सरुवा उल्टाइएको हो । उसो त उनको चकचकी धेरै भएको भन्दै यस अघिका महानिर्देशकहरु नारायण सापकोटाको समयमा सरुवामा परेका थिए । लगतै उनले शक्तिकेन्द्र लगाएर सरुवा बदर गरे । सापकोटा हिडेपछि नवराज ढुङ्गना पुगे,महानिर्देशक बनेर । उनले पनि घिमिरेको सरुवा गरे तर डिजीले गरेको सरुवालाई माथिल्लो निकायमार्फत उल्टाउन सफल भए । ढुङ्गना हिडेपछि त्यहाँका हाकिम बनेर गए चक्र बूढा । चार महिनामात्र विभाग चलाएका बूढाले यही बीचको अवधिमा घिमिरेको सरुवा गरे तर उक्त सरुवा समेत सभामुख घिमिरे मार्फत उल्टाइयो ।सरुवा उल्टाउनका लागि सभामुख घिमिरेले सामान्य प्रशासन मन्त्रीलाई दवाव दिएका थिए । मन्त्रीले सचिव मुकुन्द निरौलालाई उक्त सरुवा तुरुन्त बदर गर्ने निर्देशन दिए पछि सो सरुवा रद्ध हुन पुगेको थियो । यसरी शक्तिकेन्द्रको प्रयोग गरेर घिमिरेले पटक पटक आफ्नो सरुवा उल्टाउँदै आएका छन् । यस बर्ष लागेपछि मात्र उनी तीन तीन पटक सरुवामा परिसेकका छन् तर शक्तिकेन्द्र लगाएर सरुवा उल्टाएर सोही निकायमा टिकिरहन सफल भएका छन् । घिमिरेले आफूलाई सभामुख देवराज घिमिरेको भतिजो नातेदार भएको बताउने गर्दै आएका छन् । यो बिषयमा घिमिरेसँग कर्मचारीप्रेसले जिज्ञासा राख्दा सभामुखसँग कुनै नाता सम्बन्ध नरहेको बताए । तर नाता सम्बन्ध केही होइन भने दशैंमा टिका थाप्न किन पुगेको ? सभामुखमार्फत पटक पटक सरुवा किन उल्टाइएको भन्ने प्रश्नमा कुनै जबाफ दिएनन् ।

सरकारी कार्यालयलाई ‘एमालेको घर’ बनाइँदा परिणाम के आउला ? पुल्चोकस्थित एउटा सरकारी कार्यालयका निर्देशकदेखि महानिर्देशकसम्म छानीछानी एमालेकै कर्मचारी थुपारिँदा त्यहाँका कर्मचारीबीच ‘सर–म्याडम’ होइन कि ‘कमरेड’को संबोधन चल्ने गरेको छ । विभागमा उपसचिवको ७ दरबन्दी छ । उनीहरूलाई एक एक वटा पिल्लर दिइएको छ, पूर्वसचिव उमेश र गोपीनाथ मैनालीका भाइ नारायणदेखि राजन बिसी, मणिराम पौडेल, राजकुमार खतिवडाहरू त्यहीँ छन् । पछिल्लो समय व्यापारी थर्काउन बिचौलियालाई प्रयोग गर्ने संस्थाको रूपमा विकास भइरहेको राजश्व अनुसन्धान विभाग प्रम कार्यालय मातहत लगिएपछि झनै भुत्ते बनेको बताउँछन्, पूर्वमहानिर्देशकहरू ।

उनी स्टोरको अलावा पिल्लर नम्वर ५ मा शाखा तोकिएको छ । जहाँ कानुनका उपसचिव केदार कोइराला र उनको चकचकि रहेको छ । त्यस शाखामा राजश्व अधिकृत १ जना प्रशासनका १ जना नासु १ भए पनि अरुलाई पोस्टिङ हुन दिइन्न । र भएका रहेछन भने पनि कामविहिन बनाउने काम गरेको त्यहाँ कर्मचारीहरुले गुनासो गरेका छन् । उनी सेन्टोरो गाडि चढि रहेका छ्न ।

व्यापारी र दलका नेताको स्वार्थमा चल्दा भन्सार राजस्व गिर्दो छ, राजस्व चुहावट गहिरिँदै गएको आवाज सुनिन्छ । क्षेत्राधिकार तोकिएको छ, राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने तर कमरेडी भर्तीकेन्द्र बन्दा राजश्व अनुसन्धान विभाग अहिले दमदार देखिन्न । महानिर्देशकको कुर्सीमा छन्, चण्डी घिमिरे । उनीभन्दा शक्तिशाली उपसचिव (निर्देशक) छन् राजन बिसीदेखि सुब्बा रामप्रसाद घिमिरेसम्म ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक घिमिरे ओझेलमा, ‘छायाँ डिजी’ बिसीकै चकचकी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

बिशेष