‘जापान काण्ड’विवादमा परेका एमालेका मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्रीलाई समेत जानकारी नदिई सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीको भूमिकामा रहेका अधिकारीले पदबाट राजीनामा दिएका हुन। उनी क्याविनेटबाट स्वीकृति नलिई जापान भ्रमणमा गएको विषय विवादमा परेका थिए । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।

बिज्ञापन

प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कुटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५ को दफा ६ को उपदफा ९२० ले प्रदेशका कर्मचारी र पदाधिकारीहरु विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय पनि पठाउनुपर्छ । उनी गत कात्तिक १३ गते कूटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएका थिए । जापान जाँदा उनले मुख्यमन्त्रीलाई पनि जानकारी नदिए पछि विवादमा परेका अधिकारीले पत्रकार सम्मेलनमार्फत आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए ।

बिज्ञापन

‘मेरा बारेमा टिका टिप्पणी भएकाले नैतिकताको आधारमा राजीनामा दिएको हुँ । नैतिकताको खडेरी लागेको बेलामा आफूले राजीनामा दिएको हुँ उनले भनेका छन् ।
अधिकारी २०७९ को निर्वाचनमा मोरङ– २ (ख) बाट निर्वाचित एमाले सांसद हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष