राजश्व अनुसन्धान विभागमा महानिर्देशकमा हालैमात्र नियुक्ति भएर गएकाछन् चण्डी घिमिरे । लामो समय उद्योगमा बसेका एमाले पार्टीसँग घनिष्ठ सम्बन्ध रहेका घिमिरे प्रतिष्प्रर्धी अन्य सहसचिवलाई पछि पार्दै राजश्वको अनुसन्धान विभागको कमाण्डर बन्न पुगेका हुन ।
बिज्ञापन
तर त्यो विभागमा सहसचिव भन्दा उपसचिव शक्तिशाली रहेको चर्चा चल्न थालेको छ अहिले विभागकै कर्मचारीहरुबीच । चक्र बहादुर बूढा विभागको डिजी हुँदा त्यहाँ पुगेका उपसचिव छन्,राजन बिसी । राजश्व प्रशासनमा बसेर सबैभन्दा धेरै लाभ लिने कर्मचारीमा पर्दछन् उनी ।
बिज्ञापन
एमालेको राजनीतिबाट यूर्टन भएर बिसी निजामतीमा प्रवेश गरेका हुन । जानकारहरुका अनुसार उनी ०५४ साल अघि राजनीतिमा थिए । त्यसपछि निजामती सेवामा लागेको । बिसीको पत्नी त अहिले पनि एमालेकै सक्रिय राजनीतिमा छिन् ।
लामो समय तराईका राजश्व कार्यालयहरु बसेर आएका उनको विशेष सम्बन्ध छ भन्ने गरिन्छ व्यवसायीहरुसँग । यस अघि बुटबलमा दुई बर्ष,लगतै पथलैया २ बर्ष चलाएका उनको व्यापारीसँग निकै राम्रो साँठगाँठ र उठबस रहेको बताइन्छ । यस पटक पनि पथलैया वा वुटलमै जान निकै जोडबल गरेका थिए । त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामार्फत लबिङ्ग पनि गरे,तर एक पटक बसिसकेको कार्यालयमा पुन नपठाउने प्रम कार्यालयको नीतिका कारण उनलाई त्यता खटाइएन ।
त्यहाँ भन्दा उनले विशेष सम्बन्ध स्थापित गरेका हुन मारवाडी व्यापारी र विचौलियाहरुसँग । विशेष गरी विशेष गरी वुटवलका कमल मालपानी (गुट्का व्यवसायी),रुन्चे मदन ट्रान्सपोर्टका मनोज गुप्ता,गुप्ता वीरगञ्जका व्यवसायी हुन । मुर्तुजा नामले चिनिने मोर्टस पार्टसका व्यवसायीका साथैं चामल व्यवसायी राजकुमार रुन्ताका अलवा कवाडी व्यवसायी गौरव अग्रवाल,सुनको व्यापारी सन्दिप सर्राफसँग निकै निकट सम्बन्ध रहेको उनी निकट कर्मचारीहरु बताउँछन् ।
बिज्ञापन
साढे दुई महिना अगाडि राजश्व अनुसन्धान विभाग पुगेका उनलाई चक्र बहादुर बूढाको तीन नम्बर पिल्लरको निर्देशकको जिम्मेवारी दिएका थिए । उनी अहिले पनि त्यही पिल्लरमा छन् । त्यो शाखामा जल्दाबल्दा कम्युटर अपरेटर छन् यम तिवारी । उनी काँग्रेस निकट कर्मचारी युनियनमा आवद्ध छन् । यम तिवारीसँग उपेन्द्र शाहीसँग निकै राम्रो सम्बन्ध रहेको कर्मचारीहरु बताउँछन् । शाही तिनै पात्र हुन,जस्ले बूढासँग जोडिएको अडियो काण्डमा पछि छरपष्ट भएको थियो । तिवारीले बिसीलाई शाहीसँग जोडाइदिएको स्रोतको दावा छ । यही शाखाले केही दिन अगाडि आइएमइ समूहले खरिद प्रुडेन्सियल इन्स्योरेन्सलाई हानेको थियो ।
हालैमात्र विभागले केही कर्मचारीहरु खटन पटन गर्दा उनै बिसी हावी भएको कर्मचारीहरु बताउँछन् । त्यहाँ काविल अफिसरलाई रोकेर बदनाम कर्मचारी भित्र्याउने काम उनैले गरेको अधिकृतहरुको आरोप छ ।पछिल्लो समय उत्तर कुमार घिमिरे इटहरी,उमेश रिमाल कोहलपुर,सहायक सिडियो हरि शर्मा पथलैया पुगेका छन् । राजश्व मातहतको सबैभन्दा बढी चलखेल हुने ठाउँ यिनै हुन । अर्को चल्तापुर्ता उपसचिव विवेक घिमिरे,बुटवल पुग्दा राजकुमार खतिवडा विभागमा ल्याइएको छ यस्तै । प्रकाश पोखरेल पहिला ५ नम्बर शाखामा बसेका ।काजु काण्डमा मुछिएर भैरहवाबाट तानिएका मणिराम पौडेल विभागमै छन् । उनी एउटै कार्यालयमा दुई पटक प्रमुख भएर बसेका हुन ।
पछिल्लो समय चाडपर्वको मुखमा दर रेट तोकेर दिने व्यवसायीलाई उन्मुक्ति दिने र नदिनेलाई समाउने काम गर्दै आएको व्यवसायीहरुको आरोप छ । यस्तै उनले भन्सार एजेन्टसँग पैसा उठाउने गरेको आरोप एकाथरी कर्मचारीहरुले लगाउने गरेको छ । विभिन्न मारवाडी व्यापारी,ट्रान्सपोर्ट कम्पनीका व्यापारीलाई बाहिर भेट्न बोलाउने,मोलमोलाई गर्ने र दुख दिने गरेको आरोप छ ।
यो बिषयमा राजन विसीसँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा वीसीले यी सबै मनगढन्ते, कपोलकल्पित र काल्पनिक आरोप रहेको बताए ।
महानिर्देशक घिमिरे कमजोर
बिभागको नेतृत्व भाद्र ७ गते बाट महानिर्देशक घिमिरेले गर्दै आएका छ्न । बिभागको नेतृत्व उनले गरेपनी निर्देशन बिसीको पालना गर्दै आएको कर्मचारीहरु नै बताउँछ ।चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन-असोज)मा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठ्यो ।सरकारले चालु आवको पहिलो त्रैमासमा लिएको राजस्व संकलनको लक्ष्य ३ खर्ब ९ अर्ब ९२ करोड रुपैयाँ थियो । पहिलो तीन महिनामै लक्ष्यभन्दा ६१ अर्ब ६६ करोडले पछि परेको सरकार आम्दानीको दृष्टिले पहिलो पाइलामै लर्खराउनु परेको छ । यसले समग्र लक्ष्य पूरा गर्ने चुनौती थपिएको छ ।
महानिर्देशक घिमिरे आउनुभन्दा अगाडि विभाग गाडीहरूले भरिभराउ हुने गर्दथ्यो। तर उनी आएपछि फाट्टफुट्ट मात्र गाडीहरू देखिन्छ । बिभागले लक्ष्य लक्ष्यअनुसार राजस्व उठाउन नसक्नुको प्रमुख कारण महानिर्देशक घिमिरे व्यापारीहरूसँग पहिले नै सेटिङ गरेको आरोप रहेको छ । विभागमा महानिर्देशक हुने बित्तिकै ठूला व्यापारीहरूले न्यूनतम ५० लाखदेखि १ करोडसम्म भेटी बुझाउने चलन रहेको स्रोतले बताएको छ।