आर्थिक चलखेलमा एउटै विषयका दुईटा दरबन्दी कायम

कृष्णा कुशवाहा

बिज्ञापन

वीरगन्ज । शिक्षाको गुणस्तरका कुरा गर्न जति सजिलो छ त्यतिकै मात्रामा शिक्षामा सुशासन तथा गुणस्तरीयता कायम गर्न चुनौति पनि छ । एसईई परीक्षाको नतिजा नराम्रो भयो भनेर प्रधानमन्त्रीले नतिजा सुधारको घोषणा गरेका र सोको लागि निशुल्क अनलाइन कक्षा र विद्यार्थी परामर्श लगायतका कार्य गर्ने भनेर लागिरहेकै अवस्था एकातिर छ भने मन्त्रालय तथा विभाग नतिजा सुधारमा लागिरहँदा कार्यान्वयन तहमा बसेका जिम्मेवार निकायले आफ्नो मनोमानी र स्वेच्छाचारी कार्य प्रवृत्तिले शिक्षा क्षेत्रलाई ध्वस्त पार्दै आएको तथ्य सार्वजनिक भएको छ ।

बिज्ञापन

विन्दवासिनी गाउँपालिका अन्तर्गत अवस्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वाभाट्टाका प्रधानाध्यापक सरोज चौहानले विद्यालयलाई विद्याथीको भविष्यसँग खल्ने आँखडा बनाइदिएका छन् ।

माध्यमिक तहमा ५ वटा साधारण दरबन्दी भएकोमा शिक्षा नियमावली अनुसार विषयगत शिक्षक राख्नुपर्नेमा आर्थिक अनियमितता र चलखेलमा परेर विद्यालयमा माध्यमिक तहको गणित विषयको शिक्षक आफू हुँदाहुँदै नियम विपरीत जिल्लान्तर सरुवा गराएर अर्को गणितको शिक्षकलाई विद्यालयमा ल्याएका छन् ।

बिज्ञापन

विद्यालयमा माध्यमिक तहको सामाजिक विषयको पनि शिक्षक आशानन्द साह कानु हुँदाहुँदै अर्को सामाजिक विषयका शिक्षकलाई जिल्लान्तर सरुवा गराएर ल्याएका छन् । यतिले मात्र पुगेको छैन उनलाई माध्यमिक तहमा अंग्रेजी विषयको राहत अनुदान कोटा खाली हुँदा आफ्नै नातागोतामा पर्ने लेखा विषयको शिक्षकलाई समेत विद्यालयमा सरुवा गराएर ल्याएका छन् ।

यो दरबन्दीको काममा उनको मात्र दोष छैन , जिल्लामा शैक्षिक गुणस्तर कायम गर्नका लागि जिल्लाको कमाण्ड लिएर बसेको शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख मोति प्रसाद भट्टराईको पनि कम योगदान छैन । उनकै कार्यकालमा त्यस विद्यालयमा थप एकजना सामाजिक र लेखा विषयका शिक्षक सरुवा भएर आएका हुन् ।

शिक्षा नियमावली, २०५९ को नियम ९२ मा विद्यालयमा रह्ने शिक्षक दरबन्दीसम्बन्धी व्यवस्थाअन्तर्गत माध्यमिक विद्यालयमा रहेको दरबन्दी समेतको विषयगत विवरण रहेको छ जसमा अंग्रेजी, विज्ञान वा गणित, नेपाली, सामाजिक विषयको शिक्षक एक जना नभएसम्म एउटै विषयमा एकभन्दा बढी शिक्षक नियुक्ति गर्न पाइने छैन भन्ने व्यवस्था रहेको छ ।

तापनि इकाइ प्रमुखकै सहयोगमा एउटै विद्यालयम सामाजिक —२, गणित —२ जना शिक्षक र राहतमा लेखा १ जना छन् । त्यस विद्यालयमा नेपाली विषयको शिक्षकको ठाउँमा इकाइ प्रमुखले सामाजिक विषयको शिक्षकको सरुवा गरेका छन् भने अँग्रेजी विषयको राहत कोटामा लेखाको सरुवा गरेर शिक्षा नियमावलीमा रहेको शिक्षक दरबन्दीलाई समेत आफूखुसी व्याख्या गरेका छन् ।

शिक्षा ऐन तथा नियमावलीमा राहत शिक्षकको सरुवाको कुनै प्रावधान नरहेको, विद्यालयमा रिक्त रहेको राहत अंग्रेजी विषयको ठाउँमा लेखा विषयका शिक्षकलाई सरुवा गरिएको छ । विषय परिवर्तन गर्न पाउने अधिकार शिक्षा ऐन तथा नियमावलीमा कतै पनि विद्यालय वा वि.व्य.स.लाई दिइएको छैन ।

अझ त्यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति नै छैन जसले प्रअलाई झन मनोमानी र नियम विपरीत विद्यार्थीहरुको भविष्यसँग खेलवाड भइरहेको छ । त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. २८३, मिति २०८०/०२/०३ गतेको परिपत्रले शिक्षक सरुवा सम्बन्धमा निर्देशन जारी गरेको थियो ।

जसको बुँदा नं. २ मा निम्न माध्यमिक र माध्यमिक तहको विषयको हकमा विषय मिल्दो हुने गरी मात्र नियमानुसार सरुवा गर्न सकिने र सरुवा प्रयोजनकै लागि भनी विषय परिवर्तन गर्न नहुने भनी स्पष्ट निर्देशन दिएको छ । शिक्षा नियमावली तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत विषय नमिलेमा, सरुवा प्रयोजनकै लागि विषय परिवर्तन गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि इकाइ प्रमुखको मिलोमतो तथा आर्थिक चलखेलमा यस्ता कार्यहरु भइरहेको जसबाट प्रधानमन्त्रीको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र लगायतबाट हुने लगानी तथा कार्यक्रम सफल र कार्यान्वयन हुन सकिरहेको छैन ।

यो विषयमा प्रधानाध्यापक चौहानले यस्तो कुनै पनि कार्य नभएको जानकारी गराएका छन् भने इकाई प्रमुख भट्टराईले नियम विपरीत कुनै कार्य नगरेको दाबी गरेका छन् तर स्रोतका अनुसार यो सबै कार्यमा आर्थिक चलखेल गरी गरिएको बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।