आठ कार्यकर्तालाई राजनीतिक नियुक्ति,पटक पटक निर्वाचन हारेका रिजाललाई आयोगको अध्यक्ष

सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्यूठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ३ को उपदफा ९१० को खण्ड (क), (ख) र खण्ड (ग) बमोजिम भूमि समस्या समाधान आयोग गठन गरिएको हो ।

बिज्ञापन

गएको प्रदेशसभा निर्वाचनमा प्युठानबाट कांग्रेस नेता रोज राणासँग पराजित नवनियुक्त अध्यक्ष रिजाल एमाले महासचिव शंकर पोखरेलको विश्वासपात्र हुन । उनी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा पनि एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट राधाकृष्ण कंडेलसँग अध्यक्ष पदमा पराजित भएका थिए ।

बिज्ञापन

आम निर्वाचन र पार्टीको आन्तरिक निर्वाचनमा पटकपटक पराजित नेतालाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव पोखरेलले आकर्षक नियुक्ति दिएको भन्दै एमालेभित्र पौडेल समूह असन्तुष्ट बनेको छ।
यस्तै,आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह छन् ।

यस्तै सदस्यहरूमा दार्चुलाका गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, तनहुँका आरती भण्डारी छन् । भूमि समस्या समाधान आयोगका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक र अन्य सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद्‌बाट भएको छ । तीन वर्षको कार्यकाल रहने गरी ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो ।

बिज्ञापन

यस्तै सरकारले विद्युत्‌ महसुल बक्यौता समस्या समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विषयमा सरकार र नेपाल विद्युत्‌ प्राधिकरणबीच मतभेद भइरहेका बेला मंगलबारको मन्त्रिपरिषद्‌ बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

‘न्यु टेक’ ठेकेदार सुकुलालको घटिया काम: रसुवालीले भोग्दै शास्ती

वैदेशिक रोजगार विभागमा अधिकृत खतिवडाको आतंक

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

सात सार्वजनिक संस्थान निजीकरणको तयारी, मन्त्रालयले अगाडि बढायो प्रक्रिया

बिशेष