जर्मन कम्पनीले ल्यायो ‘डिजिटल कन्डम’

बर्लिन । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो ।

बिज्ञापन

यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति बिना तस्बिरहरू खिच्न, छायाङ्कन गर्न वा अडियो रेकर्ड गर्नबाट रोक्नेछ । डिजिटल अन्तरङ्गताको समयमा यो एप खोल्नु पर्छ । यसको प्रयोग गर्न वास्तविक कन्डम जस्तै सजिलो रहेको कम्पनीको दाबी छ ।

बिज्ञापन

क्यामडोम प्रयोग गर्दा प्रयोगकर्ताहरूले आ–आफ्नो फोनलाई निकटमा ल्याएर भर्चुअल बटन स्वाइप डाउन गर्नु पर्छ । यो बटनले फोनमा भएका क्यामरा र माइक्रोफोन सबै ब्लक गरिदिन्छ । दुई मध्ये एक जनाले पनि फोनबाट फोटो खिच्न वा भिडियो वा आवाज रेकर्ड गर्न खोजे भने अलार्म बज्छ र कोठामा भएको अर्को व्यक्ति सतर्क हुन्छ । एपले सम्भावित खतराबारे प्रयोगकर्तालाई थाहा दिन्छ र रेकर्ड भइरहेको छ भनेर सूचना दिन्छ । क्यामडोमले अनलाइन मञ्चहरूमा सहजै चुहिने अनि फैलिन सक्ने गोप्य कन्टेन्टहरूको सुरक्षा गर्छ । यसले एक पटकमा कयौँ उपकरणहरूलाई ब्लक गरिदिन्छ ।

‘एड्ज अफ द वर्ल्ड’का अनुसार अहिलेको पुस्तामा मोबाइल फोन मानव शरीरको हिस्सा भएको र मानिसहरूले आफ्ना उपकरणमा संवेदनशील कन्टेन्टहरू थुपारेर राख्ने क्यामडोम एपका विकासकर्ता फेलिप अल्मेइदाले भनेका छन् ।
एजेन्सी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

विवादित उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

सार्वजनिक संस्थानका ४७ अर्ब गोलमाल

महानिर्देशकबाट झरेर उपमहानिर्देशक बन्न गर्दै थिए चलखेल,पुगे हिरासत

रसुवामा भालुको आक्रमण : दुई जना घाइते

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

अध्यक्ष त बनेछन्, तर माइनटमा प्रमाणीकरण कहाँ छ?

आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

बिशेष