‘ज्वाइँ साब’को ग्रस कलेक्सन तीन करोड २५ लाख 

काठमाडौं । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । फिल्म निर्माण पक्षले आइतबार फिल्मको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।

बिज्ञापन

वितरकका अनुसार फिल्मले दोस्रो सातासम्म आइपुग्दा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।

बिज्ञापन

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन घण्टा पढ्ने बानीले बनायो उपसचिव : खगेन्द्रको प्रेरणा

अवकाशअघि मलंगवा अस्पतालका प्रमुखद्वारा लाखौंको सरकारी सामग्री निजी निवासतर्फ सारिएको खुलासा

मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत लम्सालको मृत्यु

सुशासन र जवाफदेहिता

भ्रष्टाचारको नियन्त्रण गर्ने उपायहरू

सरकारी संरचना जोगाउन असफल कमाण्डरमाथि सेनाको कारबाही, मुख्यालयमा स्पष्टीकरण माग

स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

बिशेष