‘वान डाइरेक्सन’ का स्टार लियामको ३१ वर्षको उमेरमा निधन

लण्डन । चर्चित ब्यान्ड ‘वान डाइरेक्सन’ का स्टार लियाम पेनको ३१ वर्षको उमेरमा निधन भएको छ । प्रहरीका अनुसार अर्जेन्टिनाको ब्युनोस आयर्सस्ठित एक होटलको तेस्रो तल्लाबाट खसेर उनको निधन भएको हो ।

बिज्ञापन

९११ मा आपत्कालीन सन्देशपछि प्रहरीले घटनास्थलमा पुगेर लियामको शव फेला पारेको थियो । सन् २०१० मा एक्स फ्याक्टर नामक टिभी शोबाट बनेको ब्वाई ब्यान्डबाट लियामले चर्चा कमाएका थिए । ब्यान्डका अन्य सदस्यहरूमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियल होरान र जायन मलिक रहेका थिए ।

बिज्ञापन

यो महिनाको सुरुवातमा लियामले वान डाइरेक्सनका पूर्वसदस्य नियल होरानको कन्सर्टमा सहभागी भएका थिए । ब्युनोस आयर्स प्रहरीका अनुसार उनीहरूले सुरुमा ‘रक्सी र लागु औषधको सम्भावित प्रभावमा रहेका एक ‘उग्र’ पुरुषको बारेमा रिपोर्ट पाएका थिए ।

जब प्रहरी होटलमा पुगे, उनीहरूलाई होटलको कोर्टयार्डमा ठुलो आवाज आएको सुनाइएको थियो । सोही ठाउँमा लियामको शव फेला परेको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।घटनाभन्दा केही घण्टाअघि मात्र लियामले स्न्यापच्याटमा ‘अर्जेन्टिनामा कति रमाइलो दिन’ भन्दै पोस्ट गरेका थिए ।

बिज्ञापन

लियामको जन्म बेलायतको वुल्भरह्याम्पटनमा भएको थियो । सन् २००८ मा एक्स फ्याक्टरमा पुगेपछि उनको चर्चा सुरु भएको थियो । तर, निर्णायक साइमन कावेलले उनलाई ‘दुई वर्षपछि फेरि आउन’ आग्रह गरेका थिए ।

सन् २०१० मा पुनः शोमा आएका उनलाई अन्य चार उदीयमान कलाकारसँग मिलाएर ‘वान डाइरेक्सन’ ब्यान्ड स्थापना गरिएको थियो । ब्यान्डले थुप्रै नम्बर वान एल्बम र सिंगल्सहरु रिलिज गरेपछि सन् २०१५ मा ब्रेकअपको घोषणा गरेको थियो । बीबीसी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

बिशेष