‘वान डाइरेक्सन’ का स्टार लियामको ३१ वर्षको उमेरमा निधन

लण्डन । चर्चित ब्यान्ड ‘वान डाइरेक्सन’ का स्टार लियाम पेनको ३१ वर्षको उमेरमा निधन भएको छ । प्रहरीका अनुसार अर्जेन्टिनाको ब्युनोस आयर्सस्ठित एक होटलको तेस्रो तल्लाबाट खसेर उनको निधन भएको हो ।

बिज्ञापन

९११ मा आपत्कालीन सन्देशपछि प्रहरीले घटनास्थलमा पुगेर लियामको शव फेला पारेको थियो । सन् २०१० मा एक्स फ्याक्टर नामक टिभी शोबाट बनेको ब्वाई ब्यान्डबाट लियामले चर्चा कमाएका थिए । ब्यान्डका अन्य सदस्यहरूमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियल होरान र जायन मलिक रहेका थिए ।

बिज्ञापन

यो महिनाको सुरुवातमा लियामले वान डाइरेक्सनका पूर्वसदस्य नियल होरानको कन्सर्टमा सहभागी भएका थिए । ब्युनोस आयर्स प्रहरीका अनुसार उनीहरूले सुरुमा ‘रक्सी र लागु औषधको सम्भावित प्रभावमा रहेका एक ‘उग्र’ पुरुषको बारेमा रिपोर्ट पाएका थिए ।

जब प्रहरी होटलमा पुगे, उनीहरूलाई होटलको कोर्टयार्डमा ठुलो आवाज आएको सुनाइएको थियो । सोही ठाउँमा लियामको शव फेला परेको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।घटनाभन्दा केही घण्टाअघि मात्र लियामले स्न्यापच्याटमा ‘अर्जेन्टिनामा कति रमाइलो दिन’ भन्दै पोस्ट गरेका थिए ।

बिज्ञापन

लियामको जन्म बेलायतको वुल्भरह्याम्पटनमा भएको थियो । सन् २००८ मा एक्स फ्याक्टरमा पुगेपछि उनको चर्चा सुरु भएको थियो । तर, निर्णायक साइमन कावेलले उनलाई ‘दुई वर्षपछि फेरि आउन’ आग्रह गरेका थिए ।

सन् २०१० मा पुनः शोमा आएका उनलाई अन्य चार उदीयमान कलाकारसँग मिलाएर ‘वान डाइरेक्सन’ ब्यान्ड स्थापना गरिएको थियो । ब्यान्डले थुप्रै नम्बर वान एल्बम र सिंगल्सहरु रिलिज गरेपछि सन् २०१५ मा ब्रेकअपको घोषणा गरेको थियो । बीबीसी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष