जिल्ला प्रशासन कार्यालय तेह्रथुमले करिब साढे २ लाख बराबरको सामान नष्ट गरेको छ। जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा भएको संयुक्त बजार अनुगमनमा करिब २ लाख ३४ हजार मूल्य बराबरको म्याद गुज्रिएका, अखाद्य तथा गैरउपभोग्य सामान बरामद गरि नष्ट गरिएको हो।
बिज्ञापन
अनुगमन निरन्तर कार्य भएता पनि दशैं, तिहार लगायतका चाडपर्वमा हुनसक्ने कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु विक्री वितरण लगायतका उपभोक्ता हित विपरीतका कार्य बढि मात्रामा हुन सक्ने अवस्थालाइ मध्यनजर राखी सो हुन नदिन जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गत भदौ देखि असोज सम्म तेह्रथुम जिल्लाका आठराइ, फेदाप, मोराहाङ, म्याङ्लुङ, जिरिखिम्ति, शुक्रबारे लगायतका बजारमा १ सय ६० वटा पसल/स्टोरमा भएको अनुगमनका क्रममा सो मूल्य बराबरको समान बरामद गरि नष्ट गरिएको हो।
बिज्ञापन
जिल्लाको आठराई गाउँपालिकास्थित संक्रान्तिबजार, छथर गाउँपालिकास्थित शुक्रबारे बजार, मेन्छयायेम गाउँपालिकास्थित मोराहाङ बजार तथा म्याङलुङ नगरपालिकास्थित जिरिखिम्ती बजार र म्याङलुङ बजारका विभिन्न किराना पसल, कस्मेटिक पसल,मदिरा पसल, होटल व्यवसाय, तरकारी तथा मासु पसल लगायतका जम्मा १ सय ६० वटा व्यापारिक प्रतिष्ठानहरुको अनुगमन गरिएकोमा ९८ वटा व्यापारिक प्रतिष्ठानहरुबाट म्याद गुज्रिएका, अखाद्य तथा गैरउपभोग्य सामान बरामद गरिएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए।
बिज्ञापन
अठराई गाउँपालिकास्थित संक्रान्तिबजारमा १८ वटा फर्महरू अनुगमन तथा निरीक्षण गर्दा ३३ हजार ६२० बराबरको म्याद गुज्रेको अखाद्य वस्तु नष्ट गरिएको छ। छथर गाउँपालिका सुक्री बजारमा ३३ वटा फर्म अनुगमन तथा निरीक्षण गर्दा ६० हजार बराबरको म्याद गुज्रेको तथा अखाद्य वस्तु नष्ट गरेको म्याग्लुङ नगरपालिका जिरी खिम्ती बजारमा २१ वटा फर्म अनुगमन तथा निरीक्षण गर्दा १५ हजार ३२० बराबरको म्याद गुज्रिएको अखाद्य वस्तु नष्ट गरिएको मेन त्यस्तै म्याङ्लुङ नगरपालिका म्याङलुङ बजारमा २८ र ४८ फर्म अनुगमन तथा निरीक्षण गर्दा ३९ हजार र ७८ हजार बराबरको म्याद गुज्रेको अखाद्य वस्तु नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
बजार अनुगमन निरन्तर प्रक्रिया भएपनि चाडपर्वमा बढी सामान खपत हुने र उपभोक्ताको पनि भीड हुने हुँदा सोही मौकामा व्यापारीले मूल्यवृद्वि, कृत्रिम अभाव सिर्जना, गुणस्तरहीन वस्तु विक्री वितरण गर्नसक्ने भएकोले सरोकारवालाहरुको सहभागीतामा चाडपर्व लक्षित अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको संवैधानिक अधिकार भएको हुँदा उपभोक्ता स्वयम् पनि यस विषयमा जानकार हुनुपर्नेमा जोड दिए।
जिल्लाका अधिकांश पसलमा मूल्य सुचि नराखिएको, साइनवोर्ड नभएको, व्यवसाय दर्ता नभएको र सरसफाईमा ध्यान नदिएको पाइएकोले सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्वुले बताए।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय तेह्रथूमका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटाका प्रतिनिधि, उद्योग वाणिज्य संघ तेह्रथुमका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रकको कार्यालय तेह्रथुमका प्रतिनिधि, स्वास्थ्य कार्यालय, तेह्रथुमका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका प्रतिनिधि तथा तेह्रथुमका जिल्ला स्थित पत्रकार समेतको सहभागीता रहेको थियो।