उनीहरू बोल्दैनन्

खसी, कुकुर, बिरालोको भाषा बुझिँदैन
भाषा विहीन कोही छैनन् ,
हामी पनि चाइनिज अङ्ग्रेजी रसियन भाषा बुझ्दैनौँ।
मान्छेहरू बोल्छन् र बलि दिन्छन् ,
उनीहरु बोल्दैनन्।

बिज्ञापन

उनीहरू मृत्यु थाहा पाउँदैनन् ,
पीडा अनुहारमा देखाउन जान्दैनन् ,
आँखाबाट बोल्ने कोही पाउँदैनन्,
बलि चढेको पनि थाहा पाउँदैनन् ,
उनीहरू बोल्दैनन्।

बिज्ञापन

उनीहरू संवादविहीन छैनन् ,
पीडाविहीन पनि छैनन् ,
उनीहरू खाना खान खोज्छन्,
आश्रय खोज्छन् ,
र बलि बन्छन्।

उनीहरूको बारेमा धर्म छ ,
शास्त्र छ, विज्ञान छ।
मान्छेको जस्तै इतिहास छ ,
उनीहरू मान्छेका सारथी हुन् ,
र बलि बन्छन्।

बिज्ञापन

कोही गीता पढेर बलि दिन्छन् ,
कोही बाइबल पढेर बलि दिन्छन् ,
कोही कुरान पढेर बलि दिन्छन् ,
बलि दिनेहरू सन्तुष्ट होलान् ,
तर उनीहरू बोल्दैनन्।

युद्धमा जाँदा बलि दिन्छन् ,
चाडपर्वमा बलि दिन्छन् ,
खुसी हुँदा बलि दिन्छन्, दुःखी हुँदा बलि दिन्छन्।
बलि दिने कुरा बाँकी राखेर बलि दिन्छन् ,
र उनीहरू बोल्दैनन्।

मान्छे बलि बनेको देख्दा पनि उनीहरू बोल्दैनन् ,
मान्छेको भोक उसलाई पनि थाहा छ।
तर, उनीहरू बोल्दैनन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

बिशेष