काभ्रे घर भै हाल ललितपुरको नख्खुमा डेरा गरी बस्ने ३७ वर्षीय चणिकलाल तामांग यति खेर चर्चाको शिखरमा छन्। यसरी चर्चामा आउनुको पछाडि के कारण हो भने उनले असौज १२ गते ललितपुरको नख्खु खोलाको वाढीमा बही रहेका २ जनालाई आफ्नो ज्यानको पर्बाह नगरी उद्धार गरेका थिए। यो नदीमा बहदै गरेका ती दुई ब्यक्ति ती ब्यक्ति ती ४ जना मध्येका हुन् जो ४ घण्टा देखि उद्धारको लागि टहराको छतमा गुहार मागी रहेका थिए तर यिनै ४ जनाको उद्धार गर्ने प्रयास गर्दा भिजीविलिटी नभएर उद्धार गर्न नसकिएको जवाफ गृह मन्त्री रमेश लेखकले दिएका थिए। निज तामांगले गरेको उक्त महान् कार्यका लागि के सामाजिक संस्था, के राज्यका निकाय, के ब्यक्ति सबैले निजलाई अभिनन्दन गर्न चाहेका छन्।
तर उनलाई यस्ता मान सम्मान र अभिनन्दनमा कुनै रूची छैन। उनले त्यस्ता सभा समारोहमा नबोलाउन अनुरोध गरेका छन्। यसरी बोलाईदिदा उनको दिनानुदिन काम गरेर गुजारा गर्नु पर्ने जीविकामा असर पर्छ भन्छन् चणिकलाल। उनले गरेको सो उद्धारजन्य काम आफ्नो कुनै स्वार्थले नभएर केवल मानवीयताको दृष्टिले गरेको हो भन्दै मलाई सम्मानमा दिने समय र पुरस्कार बाढी पीडितलाई दिए हुन्छ भन्छन् र उनी थप्छन् कि मेरो त पाखुरा बलियो छ म अझै काम गर्न सक्छु, त्यसैले मलाई सम्मानको आवश्यक छैन बरू बाढी पीडितलाई सहयोग गर्नु होस् भन्ने उदारता ब्यक्त गर्छन्।
सो दिन बिहानै आफ्नी ६ वर्षकी छोरी र श्रीमती भएर नख्खु खोलाको बाढी हेर्न गएका तामांगले बाढीले मानिस बगाएको देखेर उद्धार गर्ने सोच बनाएछन् तर बाढी ठूलै भएकोले छोरी र श्रीमतीको ईच्छा वेगर तामांग खोलामा हाम फाले र बाढीमा बहदै गरेका एकजना को हात फेला पारेर समाउदा अर्को बच्चा पनि भएको थाहा पाएर दुबैलाई उद्धार गरेर तिरमा ल्याए पछि बच्चाको पेट थिचेर पानी निकालेको सम्झन्छन् मणिक लाल। मणिकलालका बाबु सुनकोशीमा डूंगा चलाउने भएकोले उनी सानै देखि खोला संग नजिक थिए, त्यसै प्रसंगमा उनले पौडी खेल्न जानेका रहेछन्।उनले त्यति बेला सिकेको पौडी खेल्ने सीपका कारण नै उक्त उद्धार हुन सकेको दावी गर्छन् मणिकलाल। मणिकलालले बाढीमा बहेका २ जनालाई बचाएनन् मात्र। यो परिघटना संगै उनले हाम्रो समाजलाई धेरै पाठ सिकाएका पनि छन्।
उनले मानवीयता, निस्वार्थीपन, स्वावलम्वीपन, आत्म सम्मान,लोभलालचबाट मुक्ति जस्ता सन्देश समाज र राज्यलाई दिएका छन्। उनकी एकमात्र छोरीलाई कसैले बोर्डिंगमा राखेर पढाईदिन चाह्यो भने के गर्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा म मेरी छोरी पढाउन सक्षम छु भनेर आत्म सम्मान कायम राख्छन्। उनलाई स्वयं प्रधानमन्त्रीले सम्मानका लागि बोलाउदा समेत उनले ईन्कारी जवाफ दिन्छन्। उनले भन्छन् कि मलाई गरी खान दिनुस् सम्मानमा बोलाएर मेरो रोजीरोटीमा असर नपारिदिनुस् भनेर सम्बन्धित सबैलाई अनुरोध गर्छन्। मात्र २ कक्षाको औपचारिक शिक्षा पाएका पिछडिएको क्षेत्रमा जन्मेका एउटा जनजातिको छोराले हाम्रो समाजलाई सिकाएको यो पाठ अनुकरणीय छ र राज्य र यसका हर्ताकर्ताले समेत उनीबाट पाठ सिकेर आफूलाई देश र जनतामा समपर्ण गर्न सकेमा सो समर्पण नै निज मणिकलाल उपरको सच्चा सम्मान हुनेछ।