कर्मचारीको मनलाग्दी सरुवा गरेर डिजी वेपत्ता,उपसचिवलाई पारे र्याखर्याखती (भिडियोसहित)

‘सरुवा गरेर भाग्ने हो ? तपाईहरुको मान्छे आउनुपर्दछ कि पर्दैन अफिसमा ?’
यसरी प्रस्तुत भए कर्मचारीहरु उपसचिव हरि प्रसाद सुवेदीका अगाडि । यो घटना हो ववरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागको । विभागले गत १५ असोजको मितिमा एकै पटक ३५१ कर्मचारीहरुको सरुवा गरेको थियो ।

बिज्ञापन

विभागले गरेको सरुवाप्रति आपत्ति जनाउँदै कर्मचारीहरु विभाग घेर्न पुगेका छन् । गत १५ असोजमा विभागले एकै पटक ३ सय ५१ कर्मचारीको सरुवा गरेको थियो । विभागले २ सय २३ नासु,८३ खरिदार ४५ जना शाखा अधिकृतहरुको सरुवामा गरेको थियो ।

बिज्ञापन

उक्त सरुवा नियमित प्रक्रिया,विधि,नियमभन्दा पनि मनलाग्दी ढङ्गबाट गरिएको भन्दै कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । कतिपय कार्यालयमा ८ देखि १० बर्षसम्म कार्यरत कर्मचारीहरुलाई छोइएको छैन अनि केही यस्ता कर्मचारी सरुवामा परेका छन्,जो तीन महिना अगाडिमात्र जिम्मेवारी सम्हाल्न पुगेका थिए । केही कर्मचारीहरु तीन चार महिनामै सरुवा परेको,माथिसम्म मिलाउने कला भएका कर्मचारीहरुलाई आठ देखि १० बर्ष हुँदासम्म एउटै कार्यालयबाट नचलाइएको बिषयमा सरुवा भएका कर्मचारीहरुले रोष पोख्दै आएका छन् ।

उक्त सरुवामा अधिकांश कर्मचारीलाई काठमाडौं उपत्याकाको एउटा कार्यालयबाट उपत्यकाकाकै कार्यालयमा पुर्याइएको छ । कलकीमा कार्यरत कर्मचारी मनमैजु पुर्याइएको छ भने भक्तपुरका कर्मचारीको सेटै टिपेर डिल्लीबजार ल्याइएको छ । ललितपुर मालपोतका सुब्बालाई भक्तपुर पुर्याइएको छ ।

बिज्ञापन

 

फोक्सोको क्यान्सर भएका एक कम्युटर अपरेटरलाई गोटीखेलतिर ठेलिएको छ जबकी उनले ललितपुर मागिरहेका थिए । ललितपुरमा खटाइए आफ्नो स्वास्थ्य उपचार गर्न सहज हुने भन्द्यै उनले ललितपुर मागेकोमा उनलाई गोटीखेल खटाइएको हो । गोटीखेल खटाउनु र मकवानपुर पुर्याउनु उस्तै हो भन्छन् कर्मचारीहरु । आमा क्यान्सर पीडित अर्काे एक कर्मचारीलाई भक्तपुरबाट लखेटेर टोखातिर खटाइएको छ । पावर,पैसा पेल्न सक्ने कर्मचारीलाई आकर्षक ठाउँमा खटाइएको छ भने शक्ति नपुग्ने र पैसा पेल्न नसकेका कर्मचारीहरुलाई अन्यन्त्र सरुवा गरिएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले गरेको यो सरुवाप्रति भूमि व्यवस्था मन्त्री समेत असन्तृष्टी पोखेका छन् । सापकोटाले न्यूनतम मानवीय संवेदना समेत नहेरी केही कर्मचारीको सरुवा गरेको समेत भेटिएको छ ।

मन्त्री एमालेका छन् तर एमालेकै कर्मचारीहरुलाई पेलानमा परेको गुनासो गरेका कर्मचारीहरुले ।

डिजीले मनलाग्दी ढङ्गले कर्मचारी सरुवा गरेको गुनासो चुलिए पछि नेपाल निजामती कर्मचारी युनियनका पदाधिकारीहरु अहिले भूमि व्यवस्था तथा अभिलेख विभागमा पुगेका छन् । विभागका डिजी गत १५ गतेदेखि सम्पर्कमा छैनन् । उनी मोवाइल अफ गरेर बसेका छन् भने कार्यालयमा समेत उपस्थित भएका छैनन् । डिजी नभेटे पछि कर्मचारी युनियनका पदाधिकारीहरु कर्मचारी प्रशासनका हर्ताकर्ता उपसचिव हरि सुवेदीको कार्यकक्षमा पुगेर यो सरुवा कुन,विधि,कुन प्रक्रिया र कुन मापदण्डमा टेकेर भएको हो भन्दै जिज्ञासा राखेका छन् ।

उनीहरुले सोधेका छन्,हाकिम अफिसमा आउनुपर्दछ कि पर्दैन ? कुन मापदण्डमा टेकेर सरुवा भएको हो ? उच्च प्रशासक भन्दैमा जे पायो त्यही गर्न पाइन्छ ।कर्मचारीहरुको प्रश्नमा कप्रका हाकिम निरुत्तर छन् ।

यस अघि भूमि व्यवस्था विभागले तत्कालीन सचिव गोकर्णमणि दुवाडी सरुवा भएर तथ्यांक कार्यालयमा हिड्नु र अर्जुन पोखरेल तथ्यांकबाट भूमिमा सरुवा भएर आउने समयको बीचमा ७० भन्दा बढी कर्मचारीको सरुवा गर्दा राम्रै आर्थिक शूभ लाभ लिएको चर्चा ववरमहलस्थित भूमि व्यवस्था विभागकै कर्मचारीहरुले गर्दै आएका छन् । कर्मचारीको सरुवा टुंग्याएर विभागका हाकिमदेखि कप्र फाँट हेर्ने कर्मचारीहरु मोवाइल् अफ गरेर बसेका छन् ।

भूमि व्यवस्था विभागको डिजीले गरेको मनलाग्दी सरुवाका बिषयमा अहिले नेपाल निजामती कर्मचारी युनियन,नेपाल राष्ट्रिय कर्मचारी संगठन,एकीकृत सरकारी कर्मचारी संगठनका पदाधिकारीहरु विभागमा पुगेका छन् । उनीहरुले उक्त सरुवाको विरोधमा कार्यालयमा तालाबन्दी लगाउने तयारी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष