अध्यागमनका कर्मचारीले भारतीय नागरिकलाई नेपाली बनाएर स्वदेश छिराएका छन् । हङकङ्गबाट नेपाल छिरेकी,भारतीय राहदानी बाहकलाई एक महिलालाई रातारात नेपाली नागरिक बनाएर स्वदेश छिराइएको हो । प्रसङ्ग साता अघिको शनिवारकोे । यू ९२३८९५९ राहदानी बाहक एक महिला क्याथे प्यासेफिकबाट नेपाल आइपुगेकी थिइन,राती आठ बजे । कोलकोत्ताबाट जारी भएको राहदानी बोकेर नेपाल उत्रिएकी चम्पाश्री वेष्ट बंगालकी प्रतिमा लिम्बुको राहदानी हेर्दा इन्टरपोलमा हिट देखिएपछि अध्यागमनमा हल्लीखल्ली मच्चियो । तत्काल प्रहरीको इन्टरपोल लगाएर थुनियो । एक रात थुनेपछि बिषयबस्तु पूरै यूर्टन भयो । टिआइएले उनलाई सम्बन्धित मुलुकमै फिर्ता गर्नका लागि पत्राचार ग¥र्यो । नेपाल प्रहरीका एइरपोर्ट इन्टरपोलमा कार्यरत प्रहरीहरु उनी हङ्गकङ फर्किसकिन भन्दैछन् तर प्रहरीलाई गुमराहमा राखेको उक्त समयमा अध्यागमनका खटिएका केही अधिकृतहरुको मिलेमतोमा उनलाई नेपाली नागरिक बनाएर नेपाल भित्रयाइएको बताइएको छ ।
बिज्ञापन
इन्टरपोलमा हिट देखिएपछि जहाँ र जुन मुलुकबाट आएको हो त्यही फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । तर कर्मचारीहरुलाई प्रहरीलाई गुमराहमा पारेर प्रभावमा परेर उनलाई नेपाली नागरिक बनाएर हङकङ्ग फिर्ता नपठाइ नेपाल भित्र्याइएको हो ।
अध्यागमनका अनुसार, हङ्गकङ्गमा इण्डियनलाई अनअराइभल भिसा दिन्छ । प्रतिमा लिम्बुले कोलकताको त्यही नाम भएको मान्छेको पासपोर्ट किनेकी हुन । उनी तीन बर्ष हङकङ्ग बसिन । ट्राभल हिस्ट्रि हेर्दा तारान्तार भारत –हङकङ्ग आउजाउ गरेको देखिन्छ । यही बीचमा जो बाट प्रतिमाले पासपोर्ट खरिद गरेकी थिइन । उक्त राहदानी बाहकले ओरजिनल पासपोर्ट बनायो । पूरानो स्टोलनमा हालियो । त्यही रेकर्ड इन्टरपोलमा गयो । अरुको पासपोर्ट बोकेर नेपाल आइपुगेकी प्रतिमा इन्टरपोलको हिट लिष्ट देखिएसँगै एक दिन थुनेर हङकङ्ग पठाइनुपर्ने हो तर राजनीतिक दबाबमा उनलाई नेपाल छिराइएको अध्यागमन स्रोतले जनाएको छ ।
बिज्ञापन
अध्यागमन स्रोतका अनुसार उनलाई प्रमिला नामको राहदानीमा नेपाल भित्र्याइएको छ । जबकी हङकङबाट आएको व्यक्ति उतैको राहदानीमा नेपाल भित्रिनु पर्ने हो तर के आधारमा नाम परिवर्तन गरेर प्रमिला नामको नागरिकतामा आगमन अनुमति दिइएको हो । क्याथे प्यासिफिक एअरलाइन्सका अनुसार प्रमिला नामको व्यक्ति कोही पनि सो दिनको एयरलाइन्समा नेपाल आएको छैन ।हङकङबाट नेपाल भित्रिएकी प्रतिमा लिम्बुलाई प्रमिला बनाएर नेपाल भित्र्याउने काममा झण्डै २ लाख बढी रकमको चलखेल भएको अध्यागमन स्रोतले जनाएको छ ।
उनलाई हङकङ्ग फिर्ता नपठाइ नेपालमै राख्नका लागि एमालेका नेता तथा कोशी प्रदेशका एमालेका पूर्व मुख्यमन्त्रीदेखि माओवादीका एक पूर्व मन्त्री लगायतका जनजाती नेताहरुबाट अध्यागमन कार्यालयलाई दबाब गएसँगै प्रतिमालाई रातारात नेपाली बनाएर यतै भित्र्याइएको हो ।
बिज्ञापन
अब प्रश्न उठ्छ,भारतीय राहदानी बोक्ने मान्छे कसरी नेपाली हुन्छ ? यदी नेपाली हो भने कसरी कोलकोत्ताको राहदानी बाह भयो ? राजनीतिक दबाब आयो भन्दै कर्मचारीहरुले जे पनि ठोक्दिने ? यो बिषयले अहिले अध्यागमन तातेको छ । यो बिषयमा अध्यागमनका कर्मचारीहरुसँग जिज्ञासा राख्दा उनीहरुले प्रतिमालाई हङकङ्ग डिर्पोट गरेको जबाफ फर्काए । यदी उतै फर्काइएको हो भने काठमाडौंबाट हङकङ्ग फिर्ता भएको उनको टिकट माग्दा अध्यागमनका कर्मचारीहरुले उपलव्ध गराउन सकेका छैनन् । यहीबाट स्पष्ट हुन्छ,हाम्रो अध्यागमनको लापरवाही ।