बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कडाई

यतिबेला चाडपर्वका अवसरमा हुने ठगीलाई लिएर खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग बजार अनुगमनमा लागेको छ। चाडवाड नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो।

बिज्ञापन

विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले २ गते देखि १० सम्म विभाग तथा मातहतका कार्यालयहरुबाट १२८ वटा खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन तथा कारबाही गरिएको छ। जसमध्ये ६१ वटा विभिन्न किराना पसल तथा मार्ट, ४१ वटा होटल रेस्टुरेन्ट, २४ वटा खाद्य उद्योग र २ वटा डायटरी सप्लिमेन्ट विक्रेताको निरीक्षण अनुगमन गरिएको छा

बिज्ञापन

निरीक्षणका क्रममा ललितपुर २३, धापाखेल स्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्डहरु र अभिलेख नपाइएको हुँदा खाद्य बमोजिम नमूना संकलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ्ग गर्ने स्थान सिलबन्दी गरिएको छा

यसैगरि धापासी -०६, स्थित सनराइज वेभेरेज नेपाल प्रा। लि।मा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी फिलिङ्ग गरी विक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको र अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ।

बिज्ञापन

६ गते अर्जुन डेरी प्रा.लि., का.म.पा.११, एकता मार्ग, नयाँ बानेश्वर सिलबन्दी गरिएका ढुसी लागेको बटर, घ्यू र चिज स्थानीय जानप्रतिनिधिको रहोवरमा २४० के जी वटर, २५ के जी चीज र ४४ के जी घ्यू नष्ट गरिएको। प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रसोधन केन्द्र, गोदावरी न.पा.११, ललितपुरको शिलबन्दी गरिएका नक्कली घ्यू स्थानीय प्रतिनिधिको रहोवरमा ९५ के जी घ्यू नष्ट गरिएको। प्राप्ति फुड प्रडक्ट्स, सिनामंगल ९, काठमाडौँको घ्यूको गुणस्तर विश्लेषण प्रतिवेदन न्यूनस्तरको आएको हुँदा मिति २०८१/०६/१० गते स्थानीय जिल्ला प्रशासनका प्रतिनिधिको रहोवरमा ८० के जी घ्यू र ३० के जी नौनी नष्ट गरिएको छ।

यसै गरी उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र उचित तवरले भण्डारण नगरेका चाउमिन ६ थान, खुवा ६० केजी, खाद्य रङ्ग, मापदण्ड भन्दा बढी खाद्य रङ्ग प्रयोग गरिएको पुरी २ केजी, बिस्कुट, ससेज ४ केजी, बिरयानी मसला ५ केजी, मह ४ किलो, कोदोको पिठो ६ किलो, पेय पदार्थ ५१ बोतल, चिली हटसस लगायत अन्य खाद्य पदार्थ करिब १०,८५० बराबरको जफत नष्ट गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सम्पूर्ण खाद्य व्यवसायीहरुलाई लेबल विवरण नभएका खाद्य पदार्थ विक्री वतरण नगर्न, सरसफाईमा विशेष ध्यान दिन, खाद्य वस्तु खरिद विक्री गर्दा लेवल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिइ खाद्य व्यवसाय संचालन नगर्न निर्देशन दिइएको छ। निरीक्षणका क्रममा कमी कमजोरी देखिएका करिव १३ वटा खाद्य व्यवसायीहरुलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको विभागका महानिर्देशक संजिव कुमार कर्णले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।