चाडपर्व लक्षित अनुगमन तीव्र

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा एकै दिन ९ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो ।

बिज्ञापन

अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको । यसैगरी प्राप्ति फुड प्रडक्ट्स सिनामङ्गल–९ काठमाडौंमा बिक्री वितरणमा राखिएको घ्यूको गुणस्तरमा शङ्का लागेपछि बिक्री बन्दगरी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलित घ्यूको नमूनाको विश्लेषण प्रतिवेदन न्यूनस्तरको पाइएको छ । सो घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

बिज्ञापन

टिथ्री थकाली समूह सिनामङ्गल–९ काठमाडौंमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ । कमी–कमजोरीसम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिनभित्र दर्ता प्रमाणपत्रसहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ ।

बेकर्स बेकरी उद्योग काठमाडौं महानगरपालिका–३१ बानेश्वरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ । कोलकाता स्वीट्स प्रालि, कामनपा–३१ बानेश्वर, काठमाडौंमा फ्रिजमा भेटिएको बिनालेबलका ढुसी परेको एक केजीको १५ प्याकेट खुवा नष्ट गरिएको थियो । बिनालेबल विवरणका खाद्य पदार्थको बिक्री वितरण नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको जनाइएको छ ।

बिज्ञापन

मिठोमसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुरथिमि नपा–१, भक्तपुरलाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ । चिल हाउस प्रालि मध्यपुरथिमि नपा–२, भक्तपुरमा लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको विभागले जनाएको छ ।

सिफान स्टोर, मध्यपुरथिमि नपा–१, भक्तपुरमा म्याद गुज्रेका खाद्य पदार्थ नष्टगरी कमीकमजोरी सुधार्न निर्देशन दिएको प्रवक्ता महर्जनले बताए । जय माँ दुर्गा किराना पसल मध्यपुरथिमि नपा–१, भक्तपुरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको पनि उनले सुनाए ।

चाडपर्व लक्षित बजार अनुगमनलाई अझै तीव्रतासाथ अघि बढाउने विषयमा गृहकार्य भइरहेको पनि विभागले जनाएको छ । विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्र बनाएको छ ।काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तिव्र पारिएको विभागको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

प्रचण्डको प्रश्न: ‘जोडियो त फ्लडलाइट?’ कीर्तिपुर रंगशालामा २० करोडको नीतिगत भ्रष्टाचार खुलासा

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

यज्ञबहादुर ओलीः वैचारिक स्पष्टता, संस्थागत पारदर्शिता र युवा नेतृत्वको झिल्कासहित युनियन अध्यक्षतर्फको यात्रा

मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

बिशेष