देशकै पहिलो नमुना मालपोत :-को भित्रिदै,कुन- कुन कर्मचारी बाहिरिँदै ?

कलंकी मालपोत कार्यालयलाई नमुना कार्यालयको रुपमा घोषणा गरिएको धेरै भएको छैन । पद्या अर्याल भूमि मन्त्री हुँदा कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरिएको हो । देशकै पहिलो नमूना मालपोत घोषणा गरिएको सो कार्यालयको हाकिमको भूमिकामा छन्, पूर्ण बहादुर के सी । कार्यालयमा एकद्वार प्रणाली अबलम्बन गरिएको,सेवाग्राहीले एउटै कोठाबाट सबै काम पूरा गरी सेवा लिन सक्ने गरी ले आउट मिलाइएको बताइएको उक्त कार्यालयमा केही कर्मचारीहरु ६ बर्षदेखि त्यहाँबाट दायाँबायाँ हुनु नपरेको भेटिएको छ । निजामती सेवा ऐनले कम्तिमा दुई बर्षमा कर्मचारीहरुको कार्यालय परिवर्तन गर्न भन्छ तर त्यहाँ यस्ता पावरफुल कर्मचारी छन्,जो सात बर्षदेखि एउटै कार्यालयमा कार्यरत छन् । अनि केही यस्ता कर्मचारी छने,जो उपत्याकाकै मालपोतबाट सरुवा भएर उपत्याकाभित्रैको मालपोतका पुगेका भेटिएको छ ।

बिज्ञापन

त्यहाँ मालपोत अधिकृतका रुपमा कार्यरत भगीरथ सिग्देल १० दिनपछि अवकासमा जादै छन्  । यस्तै अधिकृतका रुपमा विदुर अधिकारी,टीका बहादुर कँुवर,नारायन प्रसाद श्रेष्ठ कार्यरत छन् । त्यहाँ कार्यरत रहेका टेकराज आचार्य महिना दिन अगाडि मात्र सरुवा भएका छन् । यस्तै लेखा अधिकृत माया पन्थी अवकाशमा गएका छन् । कम्युटर अधिकृत विष्णु प्रसाद श्रेष्ठ कार्यरत रहेका छन् ।

बिज्ञापन

यस्तै नायब सुब्बाहरु जीवन भण्डारी,टेकहरी अर्याल,सिताराम श्रेष्ठ,मनोज कुमार साह,शोभा पाण्डे,दिपकराज देवकोटा,रुद्र बहादुर वली,रामराजा पोखरेल,कामकाजमा खटिएका लक्ष्मणप्रसाद न्यौपाने,प्रेमकुमार भट्टराई,दिपकजंग थापा,चुडामणि पराजुली,पूर्ण बहादुर शाह,प्रमोद खनाल,टंक प्रसाद कोइराला,कुल बहादुर बस्नेत रहेका छन् । हालैमात्र सामान्य प्रशासन मन्त्रालयले नासुहरुको सरुवा गर्दा लोकनाथ तिवारी सरुवामा परेका छन् । टेकहरी अर्याल कलंकीबाट सरुवा भएर मनमैजु पुगेका छन् । सरुवा भइसकेका प्रकट कुमार अधिकारी र कुलबहादुर बस्नेत रमना नलिइ सोही कार्यालयमा बसिरहेका छन् ।

यस्तै कम्युटर अपरेटरहरु हरि बहादुर दास,विकास ढुंगेल,भोजराज गौडेल बहालरत छन् । सो कार्यालयमा खरिदारहरु विमल ढुंगना,रामचन्द्र महर्जन,रुद्रप्रसाद उप्रेती,पूर्णराज बराल,पूजा लामिछाने,सुधन भारती रहेकामध्ये रुद्रप्रसाद उप्रेती उपत्याकाको एउटा मालपोत कार्यालयबाट अर्काे मालपोतमा सरुवा भएका छन् । उप्रेती ७८ साल मंसिर १५ गते कलंकीमा कार्यरत रहेकोमा सरुवा भएर हालैमात्र भक्तपुर पुगेका हुन । पवन पाण्डे कलंकीबाट खेदाएर कालिकोटमा पुर्याइएको छ । कम्युटर अपरेटर हरि बहादुर दास दास,विकास ढुंगेल ७६ सालदेखि सोही कार्यालयमा छन् भने खरिदार विमल ढुंगना ७८ मंसिरदेखि,रामचन्द्र महर्जन ०७६,पूर्णराज बराल ७८ साल चैत्रदेखि त्यहाँ कार्यरत छन् ।
यस्तै सहायक कम्युटर अपरेटरमा सरिता रिजाल सोही कार्यालयमा ६ बर्षदेखि कार्यरत छिन् भने पूजा वल्लभ ५ बर्षदेखि सोही कार्यालयमा कार्यरत रहेको भेटिएको छ ।भूमि व्यवस्था विभागका अनुसार,एकै लटमा १५० भन्दा बढी कर्मचारी सरुवा हुँदैछन् । जसमा केही कलंकी मालपोतबाट बाहिरिँदैछन् भने केही सो कार्यालयमा पुग्दैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

प्रचण्डको प्रश्न: ‘जोडियो त फ्लडलाइट?’ कीर्तिपुर रंगशालामा २० करोडको नीतिगत भ्रष्टाचार खुलासा

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

यज्ञबहादुर ओलीः वैचारिक स्पष्टता, संस्थागत पारदर्शिता र युवा नेतृत्वको झिल्कासहित युनियन अध्यक्षतर्फको यात्रा

मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

बिशेष