घुस लिँदालिँदै पक्राउ

बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो ।

बिज्ञापन

वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भई आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिज्ञापन

सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत निलम्बनमा रहने कानुनी प्रावधान रहेकाले वडा अध्यक्ष ओलीलाई निलम्बन गरिएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

मालपोत चाबहिलमा घुसको संगठित खेल : कर्मचारीबाटै मासिक २४ लाख असुली

सुशीलाको क्याविनेटमा चन्द्र ढकालको ‘इन्ट्री’

शाखा अधिकृत,लेखापाल,सब इञ्जिनियरसहित ६ विरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा

बिशेष