चिनियाँलाई नागरिकता बेच्ने सुब्बा र अधिकृतमाथि अनुसन्धान शुरु,सिडियोको भूमिका शंकास्पद्

चिनियाँ नागरिकलाई सरकारी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा परेर नागरिकता दिइएको बाहिरिएको छ । यो प्रकरणमा नायव सुव्वा र शाखा अधिकृतमाथि छानबिनको सुँइ सोझिएको छ भने प्रमुख जिल्ला अधिकारीको भूमिकासमेत शंकास्पद् देखिएको छ ।

बिज्ञापन

प्रहरीले चिनियाँ नागरिक सोनाम तामाङसँग चार लाख रुपैंया लिएर उनलाई नेपाली नागरिकता बेचेको आरोपमा जिल्ला प्रशासन कार्यालय धादिङका अधिकृत र नासुमाथि छानविन अगाडि बढाएको हो । प्रहरीले अधिकृत छत्र अधिकारी र नासु कृष्ण प्रसाद थपलियामाथि छानविन थालेको हो ।

बिज्ञापन

तिब्बतमा घर भएको सोनामले चार लाख खर्च गरेर जिल्ला प्रशासन धादिङबाट नागरिकता लिएको खुलेपछि कर्मचारी पनि छानविनमा तानिएका हुन् । जिल्ला प्रशासनका कर्मचारीलाई ५० हजार रुपैयाँ घुस दिएर सम्बन्धित व्यक्ति समेत उपस्थित नभई नागरिकता लिएको खुलेको छ । प्रहरीले सोनामसहित पाँच जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

सोनामको नागरिकता नम्बर २६–०१–८१–०३२१७ रहेको छ र सो नागरिकता दिलाउन सहयोग गर्ने मदनबहादुर तामाङ, रामेश्वर रिमाल, छिरिङ ढुन्डुप र छिरिङ वाङ्दिनले मुख्य भूमिका खेलेको बताइएको छ । प्रहरी सोधपुछको क्रममा उनले नेपाली नागरिकता लिन चार लाख खर्च गरेको बताएका छन् । उनले सो पैसा तिब्बतका छिरिङ ढुन्डुपलाई दिएका थिए । छिरिङले ५० हजार आफु राखी सिन्धुपाल्चोक घर भएका छिरिङ् वाङ्दीन शेर्पालाई तीन लाख ५० हजार दिएर काममा लगाएका थिए । छिरिङ् वाङ्दीनले धादिङ खनियावासका रामेश्वर रिमाललाई दिए । छिरिङले ५० हजार राखी तीन लाखसहितको कामको जिम्मा रिमाललाई दिएका थिए ।

बिज्ञापन

रिमालले एक लाख आफुले राखेर दुई लाख खनियाँवासकै मदन तामाङलाई दिएकोमा उनले नै जिल्ला प्रशासनमा सेटिङ मिलाएर नागरिकता निकालेका हुन् । उनले ५० हजार जिल्ला प्रशासनका नायब सुब्बा कृष्ण प्रसाद थपलियाले बताएका छन् । गत ६ असारमा जारी भएको नागरिकमा अधिकृत छत्र अधिकारीको हस्ताक्षर छ । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ ठेगाना भएको राखेर बुबा हर्कमान तामाङलाई बुबाका रुपमा खडा गरी नागरिकता दिइएको खुलेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयका कर्मचारीमाथि पनि छानविन अघि बढाएको छ । नागरिकता बनाउँदा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्नेमा सोनाम धादिङ नै गएका थिएनन् । उनी राष्ट्रिय परिचयपत्र र राहदानी समेत बनाउने प्रक्रियामा थिए । धादिङ प्रहरीले पक्राउ परेका उपर मुद्दा प्रक्रिया अघि बढाएको छ ।

यो विवादमा त्यहाँका प्रमुख जिल्ला अधिकारी हुन रोजेन्द्रदेव पाण्डे समेत मुछिएका छन् । उनी प्रमुख जिल्ला अधिकारीको कुर्सीमा रहँदा तिव्वती नागरिकलाई नेपाली नागरिकता दिने काम भएको छ ।पाण्डे २०८१ जेष्ठ २१ गतेदेखि उक्त जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बालेनमाथि लाग्यो नागरिकता कीर्ते गरेको गम्भीर आरोप, प्रहरीमा जाहेरी दर्ता

१५ हजारमा किनेको शाखा अधिकृतले पुर्यायो ‘मामाघर’

बिशेष