कान्छा सहसचिव र हक्की सचिवको सरुवाको अन्तर्य

कर्मचारी जसलाई स्थायी सरकार । तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दलले भकुण्डो बनाएको भेटिन्छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय व्यापारी,ठेकेदारदेखि व्यवसायीका स्वार्थसँग मेल खाने कर्मचारी लामो समय एउटै अड्डामा टिक्न सफल भएका उदाहरण प्रशष्त देखिन्छन् । अनि विचौलिया र व्यापारीको स्वार्थ नमिल्दा सातामै तीन पटक सरुवा भएको उदारहण पनि देखिन्छ । कोही सहसचिव एउटै अड्डामा दश बर्षसम्म टिकेका छन,हाकिम भएर । अनि कोही पाँच/ सात महिना केही तीन चार महिनामै किन र के कारण खेदिन्छ ? व्यापारी,दलाल,विचौलियाहरुप्रति अलि आक्रामक ढंगले काम गर्ने खोज्ने हाकिमहरु किन छिटो छिटो फालिन्छन् ? अनि के त्यस्तो चमत्कार गरेर एउटै विभागमा कोही हाकिम एक दशकसम्म टिकिरहन्छ ? केही सहसचिव तथा कर्मचारीसँग के त्यस्तो कला छ र एउटै विभागमा घुमिरहन्छ ?
यी प्रश्न फेरि उब्जिएको छ कि सचिव मधुसुदन बुर्लाकोटीको सरुवाले । सचिव बुर्लाकोटी हक्की स्वभावका छन् । लागेका कुरा सिधै भन्छन् । कुनै मन्त्री वा नेताको चाकडी गर्दैनन् । त्यही कारण त सचिव भए यता आठ पटक सरुवा भएका छन् । अनि पछिल्लो चार महिनामा पाँच ठाउँमा सरुवा भएका छन् । यो सरुवा स्वभाविक छ । कर्मचारी प्रशासनमा कायपलट गर्दछु,सुशासन कायम गराउँछु भन्ने मुख्यसचिव एकनारायण अर्याल कुर्सीमा पुगे यता उनी पटक पटक सरुवामा परेका छन् । एउटा कर्मचारीमाथि अन्याय हुँदा उस्को अभिभावक मानिएका अर्याल के हेर्दैछन्,के गर्दैछन् ? यो प्रश्नको बिषय हो । प्रश्नहरु पेचिलो गरी उठिरहेको छ,निजामती वृत्तमा ।

बिज्ञापन

निजामती वृत्तमा हक्की स्वभावका कर्मचारी भनेर चिनिन्छन्,मधुसुदन बुर्लाकोटी । यीनै बुर्लाकोटी सचिव भए पनि सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पुगे । एक निर्माण कम्पनीसँग पैठोजोरी खेल्दा उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गराइयो । त्यस यता उनी कुनै पनि कार्यालयमा दुई महिना टिक्न पाएका छैनन् । त्यसका जिम्मेवार उनकै केही व्यक्तिगत स्वभाव आफ्ना ठाँउमा होलान ।

बिज्ञापन

पछिल्लो पटक वाणिज्यबाट सरुवा भएर तथ्यांक कार्यालय पुगे अनि तथ्यांकबाट गृहमा पुग्छन भनेर कसैले सोच्दै नसोचेको गोकर्णमणि दुवाडीले बाजी मारे । सचिव बुर्लाकोटीको सरुवामामा चिनी उद्यमीदेखि मरिच,सुपारीवाला विचौलियाहरु नै लागिपरेको चर्चा छ । उसो त पकेटका केही उद्योगलाई पोस्ने गरी उद्योगमन्त्री अगाडि बढिरहेको उद्योग मन्त्रालय स्रोतले जनाउँछ ।

यी मात्र होइन हालैमात्र सहसचिव प्रदीप परियार भकुण्डो बने । उनलाई सात महिनामै काठमाडौं महानगरपालिकाबाट अहिले सञ्चारमा पुर्याइएको छ । यो सरुवाको पछाडि समानान्तर निर्माण सेवाको ठूलो हात छ भनिदैंछ ।

बिज्ञापन

कारण, एउटा ठेक्का प्रक्रियामा ठाँटेर समानान्तरले काम गरेको पाइएपछि उनै प्रदीपले समानान्तर निर्माण सेवालाई तीन बर्षका लागि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएका थिए । त्यही अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र काटे । तर त्यो पत्र प्रदीपका लागि निकै महंगो पर्यो । समानान्तर निर्माण कम्पनी लागेर उनलाई काठमाडौं महानगरपालिकाबाट अहिले सञ्चार मन्त्रालयमा सरुवा गराएको काठमाडौं महानगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

पछिल्लो समय नेपालको व्युरोक्रेसी नियम,कानुन,ऐन अनुसार होइन विचौलियाहरुको स्वार्थ अनुसार चल्दै आएको छ । तिनै विचौलियाको स्वार्थ सिद्ध गरिदिएकै कारण बैकुण्ठ अर्याल मुख्य सचिव भए । आइटीमा खलनायक मानिएका सुनिल पौडेल र विकल पौडेल अहिले डिल्लीबजार कारागारमा पुगेका छन् । नेपालको प्रशासन संयन्त्र यिनै र यस्तै मुठ्ठीभरका व्यापारी तथा विचौलियाहरुको हातमा छ भन्ने गरिन्छ । र तिनै व्यापारी,ठेकेदार तथा विचौलियाको स्वार्थसिद्ध हुने गरी काम नगर्दा कर्मचारीहरु भकुण्डो बन्ने गरेका छन् । तिनको हितमा काम गर्दा अख्तियार,अदालत सबैतिर धाएर कर्मचारी नै बदनाम हुने स्थिति छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।