बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कडाई

यतिबेला चाडपर्वका अवसरमा हुने ठगीलाई लिएर खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग बजार अनुगमनमा लागेको छ। चाडवाड नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो।

बिज्ञापन

विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका-२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका-२४ स्थित इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड नाक्सा, महानगरपालिका-२२ न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका महानिर्देशक संजिव कुमार कर्णले जानकारी दिए।

बिज्ञापन

‘व्यावसायीहरुले व्यापार व्यवसाय गर्दा बिलबिजक, मूल्यस‍ूची नराख्ने, रि–लेवलिङ गरेर सामान बिक्री गर्ने तथा म्याद गुज्रेका अखाद्य वस्तु बिक्री गर्ने गर्छन्। यी कानुन विपरीतका काम हुन्। यस्ता कानुन विपरीतका काम नहुन् भनेर हामीले टोली खटाएर अनुगमन गरिरहेका छौं,’ महानिर्देशक  कर्णले भने।

नियमित अनुगमनका साथै आकस्मिक र उजुरीका आधारमा तीन किसिमले अनुगमन भइरहेको उनले बताए। ‘अहिले दशैं तिहार र छठपर्व जस्ता ठूल्ठूला पर्वहरुलाई लक्षित गरेर अलि विशेष अभियानको रुपमा अलिकति बजारमा उपभोग्य वस्तुहरु बढी चलायमान हुने भएकाले हामी अनुमगनमा केन्द्रित छौं’, उनले भने।

बिज्ञापन

विभागले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ स्थित मेहता स्टोर र सोही नगरपालिका-५ स्थित शुभलक्ष्मी जनरल स्टोरमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको, खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग नभएको पाइएको थियो । विभागले उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्न तथा खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग गर्न निर्देशन दिएको छ ।

यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका-११ स्थित प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । उक्त केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजुघ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र एक सय ५० ग्रामको १००  डब्बा नक्कली घ्यस्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बालेनमाथि लाग्यो नागरिकता कीर्ते गरेको गम्भीर आरोप, प्रहरीमा जाहेरी दर्ता

१५ हजारमा किनेको शाखा अधिकृतले पुर्यायो ‘मामाघर’

बिशेष