कर्मचारी सरूवा रोक्न सरकारसँग माग

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले सरुवा गरेर कर्मचारीलाई आतंकित नपार्न सरकारसँग माग गरेको छ ।

बिज्ञापन

आइतबार संगठनका अध्यक्ष अम्बादत्त भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ‘सरुवा आतंक’ मच्चाएको आरोप लगाउँदै रोक्न माग गरेका हुन् ।

बिज्ञापन

उनले नेपाल नेपालको संविधान, २०७२ ले श्रमिकको हक अधिकारको सुनिश्चित गरेको उल्लेख गर्दै तटस्थ र स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने प्रशासन संयन्त्र निर्माण गर्नुपर्नेमा राजनीतिक आस्थाको आधारमा पूर्वाग्राह राखी ट्रेड युनियन ऐन, २०४९ विपरीत ट्रेड युनियनका पदाधिकारीलाई कार्यक्षेत्र बाहिर सरुवा गरिएको बताएका छ्न।

सरुवा तथा निजामती ऐन, २०४९ ले व्यवस्था गरेको समयावधि नपुग्दै र सेवा निवृत्त हुनका लागि एक वर्षभन्दा कम अवधि भएका कर्मचारीमाथि गरेको सरुवा आतंक तथा विभिन्न मन्त्रालय, विभाग, कार्यालयमा रिक्त दरबन्दी राखी कर्मचारी मनोबल गिराउने काम कानुनी शासनको प्रतिकूल रहेको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

सरकारले पछिल्लो समय करिब एक साताको बीचमै करिब साढे १२ सय कर्मचारी सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष