कर्मचारी सरूवा रोक्न सरकारसँग माग

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले सरुवा गरेर कर्मचारीलाई आतंकित नपार्न सरकारसँग माग गरेको छ ।

बिज्ञापन

आइतबार संगठनका अध्यक्ष अम्बादत्त भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ‘सरुवा आतंक’ मच्चाएको आरोप लगाउँदै रोक्न माग गरेका हुन् ।

बिज्ञापन

उनले नेपाल नेपालको संविधान, २०७२ ले श्रमिकको हक अधिकारको सुनिश्चित गरेको उल्लेख गर्दै तटस्थ र स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने प्रशासन संयन्त्र निर्माण गर्नुपर्नेमा राजनीतिक आस्थाको आधारमा पूर्वाग्राह राखी ट्रेड युनियन ऐन, २०४९ विपरीत ट्रेड युनियनका पदाधिकारीलाई कार्यक्षेत्र बाहिर सरुवा गरिएको बताएका छ्न।

सरुवा तथा निजामती ऐन, २०४९ ले व्यवस्था गरेको समयावधि नपुग्दै र सेवा निवृत्त हुनका लागि एक वर्षभन्दा कम अवधि भएका कर्मचारीमाथि गरेको सरुवा आतंक तथा विभिन्न मन्त्रालय, विभाग, कार्यालयमा रिक्त दरबन्दी राखी कर्मचारी मनोबल गिराउने काम कानुनी शासनको प्रतिकूल रहेको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

सरकारले पछिल्लो समय करिब एक साताको बीचमै करिब साढे १२ सय कर्मचारी सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बिशेष