७ सहसचिव-१० उपसचिव बरण्डामा, विवादस्पद्लाई सिडियो बनाउन चलखेल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १३५ उपसचिवको सरुवा हुँदा १० जना गृहमा आइपुगेका छन् ।

बिज्ञापन

जसमा उद्योग विभागबाट गीता घिमिरे गृहमा प्रवेश पाएकी छिन् भने संघीय मामिलाको अतिरिक्त समूहमा रहेका शिव लम्साल,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट नारायण प्रसाद अधिकारी,खानेपानी तथा ढल व्यवस्थापन विभागबाट बाबुलाल रेग्मी,राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खेमराज ओझा,सामान्य प्रशासनको बरण्डाबाट पर्शुराम पोखरेल,निर्वाचन आयोगबाट रामदत्त पाण्डेय,तारानाथ पनेरु,सत्यराज जोशी,सहरी विकास मन्त्रालयबाट राजेश पन्थीहरु गृहमा भित्रिएका छन् ।

बिज्ञापन

गृह मन्त्रालयको बरण्डामा अझैं पनि सात जना सहसचिवहरु रहेका छन् । जसमा लामो समयदेखि बासदुेव घिमिरे, लालबाबु कवारी, रमेश ढकालहरुले जिम्मेवारी पाउन सकेका छैनन् । यस्तै सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेश ढकाल, प्रकाश पौडेल र गोविन्द रिजाल लगायतले जिम्मेवारी पाएका छैनन् । सात जना सहसचिव जिम्मेवारविहिन राखेर गृहले सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । सबैभन्दा बढी आकर्षक मानिएको काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ । उनी नक्कली प्रमाणपत्र प्रकरणमा अदालतबाट दोषी ठहर भएका कर्मचारी हुन ।

यता, अहिले संघीय सरकारमा एउटै जिल्लाका तीन जना मन्त्रीहरु छन् । कानुन मन्त्री अजय चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र खानेपानी मन्त्री प्रदीप यादव । यी तीनै मन्त्री पर्सा जिल्लाका हुन । सो जिल्लामा जानका लागि विवादमा मुछिएका सहसचिवहरु दौडधुपमा छन् । प्रचण्ड निकट रहेका दिनेशसागर भुसाल त्यहाँका प्रमुख जिल्ला अधिकारी छन् । अहिले त्यहाँ लैजानका लागि माओवादी इत्तरका प्रशासकको खोजी भइरहेको छ । तिनैमध्येका एक हुन लालबाब कवारी । उनी तिनै पात्र हुन, सिराहाको सिडिओ हुँदा जग्गाको विवादमा उनले ५० लाख रुपैयाँको डिल गरेको विषयमा गृह मन्त्रालयले छानविन गरेको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई गोरखाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको थियो । बीचमा बाटैबाट सरुवा रद्द गरेको थियो । उपसचिव हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको थियो । उनै कवारीलाई पर्सा पठाउने तयारी छ ।

बिज्ञापन

यस्का अलवा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, लुम्बिनीका सामाजिक विकास मन्त्रालयका सचिव विनोद खड्का सो जिल्लामा जान दौडधुपमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष