गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय

काठमाडौं । सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार (असोज २ गते) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

यसअघि गत भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम ‘सुकीदह’ र केन्द्र वडा नम्बर २ स्थित ‘सुखाओडार (जिनावाङ) राख्ने निर्णय गरेको थियो ।

बिज्ञापन

२०८० वैशाख ८ गते सम्पन्न भएको गाउँ सभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरी नाम ‘सुकीदह’ र केन्द्र सुखाओडार सिफारिस गरे अनुसार सरकारले गत भदौमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको हो ।

‘गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साविक वडा नं. ५ सानडाँडाबाट वटा नं. २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/५/२० गतेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बिशेष