राजश्वबाट को-को झिकिए,को छन् दौडमा ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपसचिव र शाखा अधिकृत तहका ३८ कर्मचारीको गुपचुप सरुवा गरेको छ । कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र त्यहाँ कार्यरत ३८ कर्मचारीहरु यता उता पारिएको भए पनि उक्त सूची गुपचुप राखिएको हो ।

बिज्ञापन

भदौं अन्तिममा त्यहाँका कर्मचारीहरु चलाइएको हो तर सूची सार्वजनिक गरिएको छैन । सरुवाको सूची अनुसार विभागका दुई निर्देशक शशि लम्साल र राजकुमार श्रेष्ठ सरुवामा परेका छन् । श्रेष्ठ केही महिना अघिमात्र राजश्व पुगेका थिए ।

बिज्ञापन

प्रमुख अनुसन्धान अधिकृतहरु इटहरीका खेम ओझा, केही महिना अगाडिमात्र सामान्य प्रशासनबाट पथलैयामा पुगेका बैकुण्ठ प्रसाद सापकोटा र पूर्व मन्त्री रामकुमारी झाक्रीको श्रीमान पशुपति बाबु पुरी बुटबलबाट फिर्ता भएका छन् । यस्का अलवा विभाग र कार्यालय अन्तरर्गतका ३३ जना अधिकृतहरुको सरुवा भएको स्रोतले बताएको छ ।

ती कार्यालयमा जानका लागि विवेक घिमिरेले दौड तिव्र पारेका छन् । घिमिरे केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । पछि उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालय हुँदै त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन ।

बिज्ञापन

यस्तै विभागमा रहेका राजन विसी पनि प्रतिष्प्रर्धामा छन् । उनी अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । यस अघि विसी बुटवल र पथलैया चलाइसकेका  कर्मचारी हुन् । यस्तै तेजनारायण यादव, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्मा,एयरपोर्ट भन्सारमा रहँदा विवादमा मुछिएका मनिराम पौडेल,राजकुमार खतिवडा,प्रकाश पोखरेलहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष