भक्तपुर मालपोतमा भतिज हाकिम,काका नायब सुव्वा,संयोग कि सेटिङ ?

जसरी परराष्ट्रमा क्षेत्री त्रयको आतंङ्क छ,उसै गरी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय मतहतको  मालपोतस्थित एउटै कार्यालयमा काका र भतिज पुगेका छन् । यो संयोग होला वा सेटिङ ? त्यहाँ  भतिज हाकिम छन् अनि काका नायब सुव्वा पदमा कार्यरत छन् ।उसो त यही मालपोतमा अझैं पनि भण्डारीत्रय दाजुभाईहरुको उस्तै आतंक छ । एउटै आमाका कोखबाट जन्मिएका तीन भाइ उपसचिवहरु अहिले मालपोतमै घुमेर जागिर खाइरहेका छन् । ठीक उही र उस्तै शैलीमा ,खोटाङमा जन्मिएर हुर्किएका कुमार आचार्य अहिले भक्तपुर मालपोत कार्यालयका हाकिम छन् । अनि त्यहीको मुद्धा दर्ता शाखामा काका यदु आचार्य कार्यरत छन् । यदु र कुमार लामो समयदेखि मालपोतकै जागिरे हुन । यदु पछिल्ला तीन बर्षदेखि यही कार्यालयमा कार्यरत छन् ।कुमार केही महिना अघिमात्र भक्तपुर आइपुगेका छन् ।

बिज्ञापन

कुमार तिनै कर्मचारी हुन,यस अघि भैरहवा मालपोतको कार्यालय प्रमुख हुँदा भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण अदालत हुँदै अख्तियारसम्म पुगेको थियो ।

बिज्ञापन

विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य बाहिरिएको थियो। भूमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका प्रकरण पछि अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिघा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य उजागर भएको थियो । यसरी भूमाफियाको मिलेमतोमा सरकारी जग्गा नै व्यक्तिको नाममा गराउन योजना अनुसार नै त्यहाँ अहिले कुमारलाई लगिएको बताइन्छ ।

अहिले त्यहाँका काका र भतिजा मिलेर चाहिने नचाहिने काम गर्न थालेका एक कर्मचारीले बताउँछन् । चाबहिल मालपोत हुँदै यदु भक्तपुरमा पुगेका छन् । उनका बदमासीहरु छरपष्ट भएसँगै राष्ट्रिय सर्तकता केन्दमा खटाइएको थियो तर दरबन्दी सर्तकता केन्द्रमै राखेर भक्तपुरस्थित उक्त कार्यालय छाडेनन् । उनले पटक पटक भइसकेको सरुवा समेत उल्टाएर सोही कार्यालयमा मात्र किन बसिरहेका होलान ? के छ भक्तपुर मालपोतमा त्यस्तो ? सोही कार्यालय स्रोतका अनुसार, सूर्यबिनायक नगरपालिका वडा नम्बर १५ मा पर्ने हनुमन्ते खोलाको बगरमा विचौलियाका आँखा पर्दै आएको छ । उक्त बगर नै व्यक्तिको नाममा दर्ता गराउन एउटा समूह लागिपरेको छ । भण्डारी थरका एउटा विचौलियाले अहिले आचार्यका काका भतिजलाई प्रयोग गरेर काम फत्ये गराउन खोजिरहेका छन् । यो प्रक्रिया अगाडि बढाइएसँगै अख्तियारदेखि विभागसम्म उजुरी परेको कारण अहिले उनीहरु हच्किएका छन् ।

बिज्ञापन

आचार्य तीन बर्षदेखि मुद्धा (क) शाखामा छन् । साधरणतया कर्मचारीहरु दुई बर्षमा एउटा कार्यालयबाट सरुवा भएर अर्काे कार्यालयमा जानुपर्ने हो । तर भएको सरुवा उल्टाउदै आएका उनी लामो समयदेखि एउटै शाखामा बस्दै आएका छन् । उक्त शाखाले छालिङ, दधिकोट, बालकोट, ताधली, बागेश्वरी, नगरकोट सबै भन्दा बढी कानुन बिपरित दर्ता, चागु , सिपाडोल लगायतको क्षेत्र हेर्दै आएको छ ।

यो बिषयमा त्यहाँका हाकिम कुमारसँग जिज्ञासा राख्दा उनी सम्पर्कमा आएनन् ।
नासु यदुले भने हनुमन्ते खोलाको जग्गा प्रकरणमा जिज्ञासा राख्दा आठ महिना समय लगाएर आफ्नो टिमले नै अख्तियार र मन्त्रालयलाई प्रतिवेदन बुझाएको प्रष्टाएका छन् । उनले त्यहाँका हाकिम कुमार र आफू एउटै गाँउको भएको र संंयोगवश एउटै कार्यालयमा आइपुगेको प्रतिक्रिया दिएका छन ।

जागिर मामुली सुव्वा तहको । तर श्रीसम्पत्ति १० करोड माथिको । जागिर खाएको छोटो अवधिमा  सुब्बातहका कर्मचारीले आर्जन गरेको श्रीसम्पत्तिको बिषयमा समेत अख्तियारमा उजुरी परेको छ । उनको आम्दानी अनुसारको अमिल्दो जीवनशैली,वानेश्वरमा १६ आना जग्गामा बनेको महलको बिषयमा जिज्ञासा राख्दा अख्तियारमा उजुरी हाल्न पाइने भएको कारण सत्य तथ्य अख्तियारले नै छानबिन गर्ने प्रत्युत्तर फर्काए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।