खरिदारदेखि उपसचिव तहसम्मका २ सय बढी कर्मचारीको गुपचुप सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सेवा समूहका गरी २ सय भन्दा बढी कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

मन्त्रालयले विभिन्न सेवा समूहका खरिदारदेखि उपसचिवसम्मका २ सयभन्दा बढी कर्मचारीहरुको सरुवा गरेको जनाइएको छ । मन्त्रालयले निजामती सेवा नियमावली अनुसार सरुवाका लागि आवेदन माग गरेको थियो । उक्त आवेदन अनुसार खरिदारदेखि उपसचिव तहसम्मका १ हजार भन्दा बढी कर्मचारीहरुले सरुवाका लागि आवेदन दिएका थिए । अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेकामध्ये सोमबार राती दुई सयभन्दा बढी कर्मचारीको गुपचुप सरुवाको काम टुंग्याइएको जनाइएको छ ।

बिज्ञापन

मन्त्रालयले १६ साउनमा सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको थियो । एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन इच्छुकका लागि निवेदन आह्वान गरेकोमा भदौं १३ गतेसम्ममा १ हजारभन्दा बढी कर्मचारीहरुले सरुवा माग्दै मन्त्रालयमा आवेदन पेश गरेका थिए । तिनै आवेदन दिएकामध्ये २ सय बढी कर्मचारीहरुलाई यो लटमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले यस्तो आवेदन आह्वान गरेको थियो । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा अन्तरमन्त्रालय र निकाय सरुवा गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, क्षेत्रीय (प्रदेश) स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले सरुवा आवेदन पेश गरेका कर्मचारीहरुलाई भदौं महिनाको अन्तिम दिन गुपचुप सरुवा गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

बिशेष