प्रकाशमान सिंह राउत सर्वसम्मत प्रधानन्यायाधीश सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस​​​​ गरेको हो ।​​

बिज्ञापन

बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए। बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बिज्ञापन

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ । त्यसको एक महिना अगावै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका आठ जनाको नाम सिफारिस गरेर पठाएको थियो । वरीयतामा सबैभन्दा अगाडि रहेका राउतको नाम पहिलो नम्बरमा थियो । सोही आधारमा संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिले राउतको नाम अनुमोदन गरेपछि उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् एउटै अड्डामा राज गर्ने निकुञ्जका `डन´ कर्मचारीहरू

निजामती प्रशासनको सुधार :धेरै खरानी नधसौं,आफ्नो टाउकोमा आफै आगो झोसौं

बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

सबै जग्गा धनीले नयाँ श्रेष्ता बनाउनुपर्ने,मालपोतले माग्यो यी १० प्रमाण

अनियमित भुक्तानीको दबाब नटेकेपछि लेखा अधिकृतमाथि कालोमोसो हमला

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई रमाना दिन संघीय मामिला मन्त्रालयको निर्देशन

दक्षिण एशियामै नेपालको आर्थिक बृद्धिदर कमजोर,आगामी बर्ष २ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण

बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार अनुदान

बिशेष