मीनभवनबाट सात महिनामै मधेशतिर सिफ्ट

यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएको छ ।

बिज्ञापन

एक जना चल्तीका व्यवसायीको जोडबलमा यातायात व्यवस्था विभागका पुगेका महानिर्देशक उद्धवप्रसाद रिजाल सरुवा भएका हुन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कामकाजमा खटाएको हो । रिजाल ७ महिना अघि महानिर्देशकको जिम्मेवारीमा आएका थिए ।
डिजी रिजाल लगायतको समूहले विचौलियाको समेत मिलेमतोमा ६ महिनाको अवधिमा करिब ३० हजार अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट भएको बिषय अहिले चर्चामा छ ।

बिज्ञापन

अवैध सवारी चालक अनुमति पत्र बिक्री वितरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई गुमराह गर्ने गरी रिजालले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको र उक्त समितिले गलत प्रतिवेदन तयार पारेको भन्दै विभिन्न निकायमा उजुरी समेत परेको थियो । अहिले चर्चामा रहेको नक्कली लाइसेन्स प्रकरणका खास खेलाडी हुन भनिन्छ,रिजाल र रेग्मीलाई । रिजाल विभागका महानिर्देशक छन् अनि रेग्मी आइटीका हाकिम उनै रेग्मीले आफ्नो पूरानो पार्टनरलाई यातायात व्यवस्था विभागको डेटाबेसमा पहुँच दिएर पछिल्लो ६ महिनाकै अवधिमा करिब ३० हजार अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट गराएको बताइन्छ । विभागका अइटी निर्देशक मुकेश रेग्मीकै सकृयतामा अवैध लाइसेन्स वाडिए पछि आफै फस्ने भयले आफ्नै सकृयतामा छानविन समिति वनाइएको उजुरीकर्ताको आरोप छ । मन्त्रालयको सचिवस्तरीय (२०८० पुस ४) को निर्णयानुसार मन्त्रालयका सीडीई सुरेश श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले पेश गरेको प्रतिवेदनलाई लुकाइदै आएको थियो ।

रिजाल र रेग्मीले विचौलिया सविन श्रेष्ठको उक्साहटमा आफूमाथि भइरहेको अनुसन्धानलाई डाइभर्ट गर्न विभिन्न जालसाजी गरिरहेको पनि उजुरी संसदीय समितिसम्म पुगेको थियो । करोडौंको भ्रष्टाचारलाई ढाकछोप गरी गलत प्रतिवेदन तयार गरेकाले रिजाल र रेग्मीलाई तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्ने उजुरीकर्ताको जिकिर छ ।

बिज्ञापन

यस्तै महानिर्देशक उद्धव रिजालले भर्खरै पोस्टिङ भएकी एक महिला कर्मचारीलाई अश्लिल म्यासेज पठाएर हत्तु गरेको खबर यस अगाडि नै कर्मचारी प्रेसमा प्रकाशन भइसकेको छ ।

यता उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशका प्रदेश सचिव राजिव पोखरेलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । सम्भव मन्त्रालयले पोखरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिने वा त मन्त्रालयमा कार्यरत प्रशासन सेवाको सहसचिवलाई खटाउने सम्भावना छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत रहेको सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । रिजाल करिव ३ महिना अघि मात्रै विभागको महानिर्देशकको जिम्मेवारीमा गएका थिए ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार सरुवा भएर आएकाले सम्भव त उनैलाई सूचना तथा प्रशारण विभागको महानिर्देशकको जिम्मेवारी दिइने सम्भवना छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

बिशेष