गोपीनाथ मैनालीकै नियति भोगिरहेछन् सचिव मधुसुदन बुर्लाकोटी

 

बिज्ञापन

सरकारले एक जना प्रशासकलाई पछिल्लो पाँच महिनाको अवधिमा ५ ठाउँमा सरुवा गरेको छ ।उनको सरुवाको ग्राफ हेर्दा भकुण्डोजस्तै यताबाट उता र उताबाट यता छेउकुना भइरहेका छन् ।

बिज्ञापन

सचिव भएको ३ वर्ष पूरा भएको छ । यो अवधिमा ८ पटक सरुवामा परेका छन् । अघिल्ला तीन सरुवा नियमित नै मान्न सकिएला तर पछिल्ला पाँच महिनामा उनी पाँच वटा कार्यालयमा सरवा भएका छन् ।

निजामती सेवामा कर्मचारी सरूवा सामान्य प्रक्रिया हो । तर यसो भन्दैमा मन नपरेका कर्मचारीलाई जति नै भकुण्डो बनाए पनि पाइने हो ? निजामती सेवा ऐनले नै सहसचिवभन्दा मुनिको पदमा दुई वर्षसम्म सरूवा नगर्नू भनेर उल्लेख गरेको छ ।
सहसचिव र सचिवको हकमा निजामती ऐन बोल्दैन। तर, कम्तीमा एक वर्ष सरूवा गर्न हुँदैन भन्ने मान्यता छ । तर यस्ता अपवाद सचिव पनि छन्,निजामती । उनी हुन मधुसुदन बुर्लाकोटी ।
अस्ति बसेको क्याविनेट बैंठकले उनलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको छ । २१ असार २०७८मा सचिवमा बढुवा भएका बुर्लाकोटीको खरो र हक्की स्वभावका कारण कुनै पनि निकायमा लामो समय टिक्न दिइएको देखिदैन । सचिव बढुवा भएर सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खटिएका उनलाई त्यहाँबाट पाँच महिना पछि प्रधानमन्त्री कार्यालय तानेर दुई महिनासम्म जगेडामा राखिएको थियो । २ महिना पछि ०७८ मा सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको थियो । त्यहाँ डेढ बर्ष टिके उनी । ठेकेदारविरुद्ध कठोर भएर लागेका उनलाई साउन २०८० मा खरिद अनुगमन कार्यालयबाट उपराष्ट्रपतिको कार्यालयमा पठाइएको थियो । उपराष्ट्रपति कार्यालयमा ८ महिना काम गरेपछि भने उनी निरन्तर ‘भकुण्डो बनिरहेका छन् । १८ चैत २०८० सम्म उपराष्ट्रपति कार्यालयमा सचिव थिए । त्यसपछिका ५ महिनामा उनको ४ ठाउँमा सरुवा भइसक्यो । पछिल्ला ५ महिना १० दिनभित्र ५ वटा निकायका सरुवा भएका हुन बुर्लाकोटी ।

बिज्ञापन

१९ चैत २०८० मा उपराष्ट्रपति कार्यालयबाट बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या सचिवका रुपमा सरुवा भएका थिए । यो उनले पाएको पहिलो संघीय मन्त्रालय थियो । तर त्यहाँ डेढ महिना पनि टिकेनन् । उनी पुन वित्त आयोगमा पुगे । ओली नेतृत्वको सरकारले १४ साउनमा एकसाथ २२ सचिव बुर्लाकोटी पनि परे । उनले यसपटक अप्रत्यासित रुपमा वाणिज्य सचिवको जिम्मेवारी पाएका थिए ।

त्यहाँ पनि बुर्लाकोटी लामो समय टिकेनन् । उनलाई वाणिज्य सचिवको जिम्मेवारी दिएर पठाइएकोमा डेढ महिनामै उनलाई केन्द्रीय तथ्यांक कार्यालमा
सरुवा गरिएको हो ।

निजामती सेवामा निष्ठावान,हक्की र खरो स्वभावका हुनु । कानुनले नमिल्ने र नहुने कुरा नगर्नु र हुँदैन भन्नु नै उनको कमजोरी हो,त्यही कारण पूर्व प्रशासक तथा सचिव गोपीनाथ मैनालीकै नियति भोगिरहेका छन्,मधुसुदन बुर्लाकोटी ।जो सचिव भएको पछिल्लो तीन बर्षमा आठ ठाउँमा सरुवा भएका छन् । शासकहरु उनीबाट कति त्रस्त छन् भने पछिल्ला पाँच महिनामा पाँच ठाउँमै सरुवामा परेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

बिशेष