अब अदालतका कम्युटरमा पनि टिएमएस नचल्ने

मुलुकभरका अदालतमा सेयर कारोबार गर्ने अनलाइन प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टिएमएस) चलाउन रोक लगाइएको छ । सर्वोच्च अदालतले सर्वोच्चसहित मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा टिएमएस नचलाउन निर्देशन दिएको छ ।

बिज्ञापन

सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मिति २०८१/०५/२३ गतेको पत्रानुसार नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखी आएकोले यस अदालत, मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा टिएमएस ९सेयर कारोबार० नचलाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

बिज्ञापन

यसअघि सरकारले देशभरका सरकारी तथा सार्वजनिक निकायमा टिएमएस चलाउन नपाउने व्यवस्थाका लागि निर्देशन दिएको थियो । सरकारी कर्मचारीहरु कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवा अवरोध भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छड्के अनुगमन गरेको थियो । सो क्रममा कतिपय कर्मचारीले कार्यालयमा टिएमएम चलाएको पाइएपछि अख्तियारको पत्रबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्तो निर्देशन दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

बिशेष