सम्पत्ति शुद्धीकरणको मुद्धामा समेत अख्तियारले हाल्यो हात,चलायो पहिलो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पलिहो पटक सम्पत्ति शुद्धीकरणको मुद्धा चलाएको छ । भ्रष्टाचारबाट आर्जित सम्पत्तिमाथि अनुसन्धान गर्न कानुनी बाटो खुलेसँगै अख्तियारले पहिलो पटक सम्पत्ति शुद्धीकरणको मुद्धा चलाएको हो ।

बिज्ञापन

हालैमात्र चैपारित भएको सम्पत्ति शुद्धीकरणको संशोधनले अरु कुनै कसुरसँग जोडिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर भएमा त्यस्तो कसुर हेर्ने कार्यालयले नै अनुसन्धान गर्न सक्ने व्यवस्था गरेको थियो ।

बिज्ञापन

ठेकेदारलाई ठेक्कापट्टा मिलाइदिए वापत घुस स्वरुप भक्तपुरमा साढे २ रोपनी जग्गा नै किनिदिएको भेटिएसँगै उनी उपर सम्पत्ति शुद्धीकरणको मुद्धा आकर्षित भएको अख्तियारले जनाएको छ । लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराई अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भइसकेका हुन । अख्तियारले इन्जिनियर भट्टराई पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणका आधारमा विशेषमा गत चैत्रमा २५ गते मुद्धा दायर गरेको थियो । भट्टराईले कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरलाई पैसा नलिई जग्गा बेच्नेको खातामा रकम हाल्न लगाएको प्रमाणका आधारमा अख्तियारले विशेषमा मुद्धा दायर गरेकोमा उनले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारी ठहर भएका छन् विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार अकुत सम्पत्ति आर्जनमा भट्टराईलाई भ्रष्टाचारी ठहर गरिसकेको थियो,यस अघि नै विशेष अदालतले ।

मोहोत्तरीको भंगाहा– ५ स्थायी घर भएका भट्टराईले भक्तपुर गुण्डुमा– २ कित्ता जग्गा किनेका थिए । २ रोपनी ९ आना १ पैसाको एउटा र २ आना एक पैसाको अर्को गरी दुई कित्ता जग्गा किनेको अख्तियारले जनाएको छ । उक्त जग्गा आमा जानकी भट्टराईको नाममा किनिएको मालपोत कार्यलय भक्तपुरबाट प्राप्त कागजातले पृष्टि गरेको अख्तियारले जनाएको थियो । भक्तपुर गुण्डुमा अवस्थित कित्ता नम्बर १३७४ र १३७५ मा उक्त जग्गा खरिद गर्दा ठेकेदारबाट जग्गा धनीको खातामा ८० लाख र जग्गा मिलाइदिने व्यक्तिको खातामा जम्मा गरिएको र उक्त रकममध्ये अठतीस लाख सात हजार दुई सय रुपैयाँ समेत जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको र जग्गा विक्रेताले भक्तपुर गुण्डु ३ स्थित उक्त कित्ताको जग्गा बिक्री गरेको देखिएको थियो ।

बिज्ञापन

लुम्बिनी विकास कोषमा योजना प्रमुखको रूपमा कार्यरतसँग घुस वा रिसवत स्वरूप माग गरेको रु ८० लाख रकम आफैले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, अनुसार कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुनका साथै सोही ऐनको दफा ३ को उपदफा १ र दफा ४७ बमोजिम सरोज भट्टराई र उनको आमा जनक नन्दनी भट्टराईलाई समेत प्रतिवादी बनाउँदै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेकोमा विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । उनै भट्टराई र उनका आमालाई समेत दोषी करार गर्दै अख्तियारले फेरि सम्पत्ति शुद्धीकरणको मुद्धा चलाएको हो ।

भट्टराई आव २०७५/७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । उनकै समयमा व्यापारी अहमदले १ अर्ब २२ करोड रुपैयाँ बराबरको ठेक्का दिलाइएका थिए ।

बाबुल निर्माण सेवाले लुम्बिनी विकास कोषबाट पछिल्लो छ वर्षमा करिब एक अर्ब २२ करोड रुपैयाँको कामको ठेक्का पाएको थियो । लुम्बिनी विकास कोषका तत्कालिन योजना प्रमुख एवं इञ्जिनियर सरोज भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा २ रोपनी ११ आना जग्गा किनेका थिए । घुसवापत भक्तपुरको गुण्डुस्थित कित्ता नम्बर १३७४, क्षेत्रफल २–९–०–१ र कित्ता नम्बर १३७५, क्षेत्रफल ०–२–१–० को जग्गा खरिद गर्दा लुम्बिनी विकास कोषमा कार्य गरिरहेका निर्माण कम्पनीहरूबाट बीचका अन्य व्यक्ति प्रयोग गरी जग्गा बिक्रेतालाई रकम भुक्तानी गरेको पाइएसँगै अख्तियारले यसमा सम्पत्ति शुद्धीकरणको मुद्धा चलाएको हो ।

यसरी कुल १ करोड ८५ लाख रुपैयाँको सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने छल्ने उद्देश्यले काम गरेको भन्दै अख्तियारले सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा भट्टराई र उनकी आमाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष