प्रधानमन्त्री- मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता,कार्यक्रममा तीन मन्त्री गयल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री ओलीले एक कार्यक्रमका बीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका हुन ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जना मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन । प्रधानमन्त्री र मन्त्रीहरुबीचको कार्यसम्पादन सम्झौतामा तीन मन्त्री भने उपस्थित थिएनन् ।
आजको सम्झौतामा संघीय मन्त्रिपरिषद्मा सहभागी ३ मन्त्री सहभागी थिएनन् । नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने जनाइएको छ ।

बिज्ञापन

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।

अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन अर्थात कात्तिक ६ गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन अर्थात माघ १७ गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश भएका छन् ।

बिज्ञापन

यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ ।

लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष