सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भदौ २० गते मैनालीलाई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।
अर्थ मन्त्रालयमा २५ सहसचिव छन् । १० सहसचिव अहिले मन्त्रालयमा छन् तर त्यहाँ ९ वटा मात्र महाशाखा छ । ठूला कार्यालयमा बस्न नपाए छटपटीमा पर्ने हाकिमका रुपमा चिनिन्छन्,सहसचिव दीर्घराज मैनाली अर्थ मन्त्रालयमै आइपुगेका छन् । अधिकांश समय ठूला कार्यालयको नेतृत्व गरेका मैनाली राजश्व अनुसन्धान विभागमा सबैभन्दा लामो समय ३३ महिना टिक्ने हाकिम हुन । यस्तै आन्तरिक राजश्व विभागमा पनि लामो समय टिकेका उनी अहिले अर्थ मन्त्रालयमा जिम्मेवारविहिन बने । उनै सहसचिवका लागि हालैमात्र अर्थ मन्त्रालयको एउटै महाशाखा दुई टुक्रा पार्ने प्रक्रिया अगाडि बढिरहेको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायण प्रसाद रिसालको अधिकार कटौती गर्दै अर्को सहसचिव दीर्घ मैनालीलाई दिने तयारी पनि अगाडि बढेको छ ।

बिज्ञापन

हाल कृषि विकास बैंकको अध्यक्ष पूर्वराजस्व सचिव रामशरण पुडासैनी छन् । यस्तै त्यहाँ सहसचिव सञ्जिव कुमार कर्ण,गोविन्द भट्टराई,सञ्जिव पौडेल,विनोद गुरागाँई र रीता सुवेदी सञ्चालक समितिमा छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

पुर्पक्षका लागि कारागार चलान भए क्यानका महानिर्देशक प्रदीप अधिकारी

अख्तियारले एकै पटक चलायो ४३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

पोखरा विमानस्थल भ्रष्टाचारमा १० पूर्वसचिव आरोपित

बिशेष