अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

अनलाइनमार्फत कम्पनी दर्ता सेवा बन्द भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना जारी गर्दै कम्पनी दर्तासम्बन्धी अनलाइन सेवा तत्कालका लागि बन्द गरेको जानकारी गराएको हो ।

बिज्ञापन

सर्वोच्च अदालतको आदेशबमोजिम सेवा स्थगन गरिएको कम्पनीको भनाइ छ । कम्पनी दर्तालाई अनलाइन प्रक्रियामा लैजाने गरी कार्यालयले नयाँ सफ्टवेयर निर्माण गरेको थियो ।

बिज्ञापन

तर, सोविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । गत भदौ १८ गते सर्वोच्चले कार्यालयको असार १९, साउन १७, भदौ ९ र १६ गते प्रकाशित सूचनाबमोजिम हुन लागेको सम्पूर्ण कामकारबाही एंव निर्णयहरु कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिक आदेश जारी गरेको हो । सोहीबमोजिम अदालतबाट अर्को आदेश नभएसम्मको लागि सेवा स्थगन गरिएको कार्यालयले जनाएको छ ।

बिज्ञापन

सूचनामा भनिएको छ, ‘सफ्टवेयरको कार्यान्वयन सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१/०५/१८ मा कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०८१ असार १९, साउन १७, भदौ ९ र १६ गते प्रकाशित सूचनाबमोजिम हुन लागेको सम्पूर्ण कामकारबाही पत्राचार एंव निर्णयहरु अन्तरिम आदेश टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी भएकोले माथि उल्लिखित मितिका सूचनाबमोजिम हुन लागेको सम्पूर्ण कामकारबाही सम्मानित अदालतबाट अर्को आदेश÷निर्णय नभएसम्मको लागि हाललाई स्थगन गरिएको जानकारी गराइन्छ ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

बिशेष