कर्मचारी प्रेस समाचार प्रभाव :-प्रधानमाथि चल्यो सम्पत्ति शुद्धीकरणको मुद्धा

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले गैरकानुनी गतिविधि मार्फत २६ करोड भन्दा धेरै सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ समक्ष सिफारिस गरेको छ।
उस्तै प्रकृतिको मुद्धामा गुरु न्यौपानेमाथि मुद्धा चलाइएको तर व्यवसायी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्धा नचलाइएको बिषयमा कर्मचारी प्रेसमा समाचार प्रकाशन भएसँगै विभागले (इन्साइडर ट्रेडिङ)मा संलग्न भएर उनले गैरकानुनी सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएपछि मुद्दा चलाउन विभागले सिफारिस गरेको हो ।

बिज्ञापन

उस्तै प्रकरणमा एउटा व्यवसायीसँग एकथरी व्यवहार र अर्को व्यवसायीमाथि फरक सजायँ नहुनुपर्ने हो तर प्रधानमन्त्रीकै मातहत कार्यालयबाट भइरहेछ यस्तो बदमासी भइरहेको थियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत पुर्‍याइएको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीबाट । एउटै प्रकृतिको मुद्दामा फरक व्यवहार हुने गरेको बिषयमा कर्मचारी प्रेसले समाचार प्रकाशन गरेसँगै विभागले प्रधानविरुद्ध मुद्धा अगाडि बढाएको हो ।

बिज्ञापन

सम्पत्ति जोगाउन बुढेसकालमा पत्नीसँग नक्कली डिभोर्स गरेका बैंकर गुरूप्रसाद न्यौपानेमाथि एकप्रकारको कारवाही अनि हाइड्रो व्यवसायी ज्ञानेन्द्रलाल प्रधान जोडिएको प्रकरणमा चाहिँ मुद्दा चलाउन ढिलासुस्ती यसकै उदाहरण हो । डेढ वर्षअघि नै ‘इन्साइडर ट्रेडिङ’गरेको पुष्टि भएपछि न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐन २०६३, दफा १०१ को उपदफा ९७० बमोजिम ७५ हजार रूपैयाँ जरिवाना तिराइयो । सम्पत्ति शुद्धीकरणले पनि मुद्दा चलायो, दोषी करार भए र विशेषले १ करोड ९९ लाख १० हजार २५२ रूपैयाँ गरी ३ करोड ९८ लाख २० हजार ५०४ रूपैयाँ जरिवाना हुने ठहर गर्‍यो ।

यही कारोबारबाट सम्पत्ति शुद्धीकरण गरेको भन्दै थप १ करोड ९९ लाख १० हजार २५२ रूपैयाँ बराबरको सम्पत्ति जफत हुने र एक वर्ष कैद हुने फैसलासमेत सुनाइसकिएको छ । सोहीताका ज्ञानेन्द्रलाल प्रधानले हाइड्रो डेभलपर लिमिटेडबाट छोरा चेतन र छोरी निभिता प्रधानका नाममा सेयर हस्तान्तरण गरे । यसमा धितोपत्र बोर्डले ७५ हजार रूपैयाँ जरिवाना गरेको थियो । बोर्ड एउटै, कानुन, नियमावली र कारवाही उही । तर, गुरु न्यौपानेलाई एकाथरी सजायँ र ज्ञानेन्द्रलाल प्रधानलाई उन्मुक्ति दिइएको र ज्ञानेन्द्रको मुद्दा सम्पत्ति शुद्धीकरणले लामो समयदेखि होल्ड गरेको बिषयमा कर्मचारी प्रेसमा समाचार प्रकाशन भएसँगै विभागलाई मुद्धा अगाडि बढाउन दबाब परेको हो ।

बिज्ञापन

विभागले करिब एक वर्ष लगाएर गरेको अनुसन्धानमा व्यवसायी प्रधानले नेपाल हाइड्रो डेभलपर लिमिटेडको अध्यक्ष रहँदा आफ्ना परिवारको नाममा सेयर खरिदबिक्री गर्दै गैरकानुनी रूपमा रकम आर्जन गरेको देखिएको छ ।

विभागले करिब एक सय पृष्ठमा अध्ययन प्रतिवेदन तयार गरेको छ। उक्त प्रतिवेदनमा उनले २६ करोड ३३ लाख ५६ हजार ५ सय ५७ हजार रकम गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै विभागले सोही बराबर बिगो र जरिवाना माग गर्नुपर्ने सिफारिस गरेको छ।

विभागले यो कार्यमा संलग्न भएको भन्दै प्रधान छोरा चेतन प्रधान, श्रीमती विमला श्रेष्ठ प्रधान र छोरी निभिता प्रधानलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।