पूर्व सचिवसहित तीन कर्मचारी भ्रष्टाचारी ठहर, ११ ले पाए सफाइ

पूर्व सचिवसहित तीन जना कर्मचारी भ्रष्टचारी ठहर भएका छन् ।
विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै पूर्व सचिव,तीन कर्मचारी,एक परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको हो ।
अख्तियारले मेलम्ची खानेपानी १५ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेकोमा एक सचिवसहित चार कर्मचारी र एक परामर्शदाता र अर्काे एक ठेकेदार दोषी करार भएको हो बाँकी ११ जनाले सफाई पाएका छन् ।

बिज्ञापन

अख्तियारले तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव संजय शर्मा, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायहरुलाई दोषी करार गर्दै मुद्धा चलाएको थियो । जसमध्ये मध्ये शर्मा र पौडेलले ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो । यस्तै,उपाध्यायले ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।
विकास समितिका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्‍त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरविरूद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने अख्तियारको माग थियो । यस्तै अख्तियारले विकास समितिको तत्कालीन बोर्ड सदस्य रहेका रूद्रसिंह तामाङलाई ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा चलाएको थियो । अर्का सदस्य चन्द्रबहादुर थापासँग अख्तियारले ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा लगाएको थियो भने विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन उपसचिव एवं लेखा मणिभद्र न्यौपाने, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा बेगनाथ पौडेल,समितिका सिनियर डिभिजनल इन्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाका अलवा परामर्शदाता इप्तिसा बेट्स जेभीका तत्कालीन डेपयुटी टिम लिडरविरूद्ध अख्तियारले ४८ करोड ३६ लाख ७ हजार ५८० रुपैयाँ बिगो अख्तियारले माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तर विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अभियुक्तमध्ये १७ अभियुक्तमध्ये पूर्वसचिव गजेन्द्र ठाकुरसहित तीन कर्मचारी, एक परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको छ।
मेलम्ची खानेपानी विकास समिति (बोर्ड)का तत्कालीन अध्यक्षका हैसियतले उनले गरेका निर्णयबाट ठूलो नोक्सानी पुगेको विशेष अदालतको ठहर छ। उनका नाममा १० करोड १० लाख ६१ हजार रूपैयाँ बिगो ठहर भएको छ।
विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि १० करोड १० लाख ६१ हजार रूपैयाँ नै भ्रष्टाचार गरेको अदालतको ठहर छ। यस्तै अर्का कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र परामर्शदाता शिवकुमार शर्माका भागमा २ करोड ९५ लाख ६५ हजार परेको छ। यस्तै ठेकेदारहरूका नाममा पनि बेग्लाबेग्लै बिगो किटान गरिएको छ।

बिज्ञापन

पूर्वसचिवहरू डा सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेललगायतले सफाइ पाएका छन्। सहसचिव रुद्रसिंह तामाङले पनि सफाइ पाएका छन्। मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, लेखा उपसचिवहरू मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले सफाइ पाएका छन्।

 

बिज्ञापन

दोषी ठहर भएका अभियुक्तहरूलाई असोज ७ गते सजाय तोकिनेछ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

बिशेष