कुनै पनि देशको कानूनले राखेको प्रावधान बमोजिम त्यो देशमा जन्मेको, बसोबास गरेको ब्यक्ति त्यो देशको नागरिक हुन्छ र राज्यले त्यसलाई दिने पहिचानलाई नागरिकता भनिन्छ। नागरिकका विषयमा बृटिश शब्द कोषले परिभाषा गरेको छ कि- person who legally belongs to a country and has the rights and protection of that country is citizen- Britannica. त्यसै गरी नागरिक र नागरिकताका विषयमा अक्सफोर्ड डिक्स्नेरीले पनि उल्लेख गरेको छ कि- A citizen is a participatory member of a political community. Citizenship is gained by meeting the legal requirements of a national, state, or local government. A nation grants certain rights and privileges to its citizens. In return, citizens are expected to obey their country’s laws and defend it against its enemies. बृटिश शब्द कोषका अनुसार नागरिक भन्नाले आफ्नो राष्ट्र प्रति कर्तब्यनिष्ठ हुदै कानूनी अधिकार पाउने हैसियत राख्दै वैधानिक तवरबाट कुनै राष्ट्र संग जोडिने ब्यक्तिलाई नागरिक भनिन्छ।
बिज्ञापन
बिज्ञापन
यसरी एउटा नागरिकले राष्ट्र प्रतिको कर्तब्य निर्वाह गर्दै राष्ट्र प्रति आफ्ना अधिकारको अपेक्षा राख्नु पर्छ र उसले राष्ट्र संग वैधानिक सम्बन्ध राखेको हुनु पर्छ।यसरी एउटा नागरिकले राष्ट्रको लागि केही गर्नु पर्छ र राष्ट्रबाट आफूले निश्चित अधिकार पनि पाउनु पर्छ र ऊ कुनै न कानूनी रूपबाट राष्ट्र संग जोडिएको हुनु पर्छ। यी ३ बटा पक्ष एउटा नागरिक संग हुनु पर्छ। यहां नेर कुनै पनि नागरिकले अधिकार पाउने अबस्था हुदा एउटा नागरिक उपर राज्यको पनि दायित्व देखिन आउछ। अब नागरिकता के हो भन्ने तर्फ हेरौ। सरासर हेर्दा कुनै पनि नागरिकलाई पहिचान दिने काम नागरिकता हो र यो पहिचान राज्यले दिन्छ। यस सन्दर्भमा अक्सफोर्ड डिक्सनेरीका अनुसार निश्चित कानूनी प्रकृया पूरा गरे पछि कुनै नागरिकले पाउने पहिचान नै नागरिकता हो। हामी नेपालीहरू नागरिक र नागरिकताको विषयमा कति सैद्धान्तिक र कति ब्यबहारिक छौ भन्ने तर्फ हेर्दा हामीले ब्यबहारलाई भन्दा सिद्धान्तलाई पछ्याएको पाउछौ। यसो भन्दा नीतिगत तहमा रहने र नेपालमा राजनीति गर्छु भन्नेले आखा तर्लान् तर तिनीहरूले तर्ने आखाहरू पनि सतही छन्। किनभने उनीहरूले यूवा वय गुजारी सकेका छन् र बुढेसकालको एक मात्र पेशा राजनीतिलाई पेवा ठानेर यूवाहरूलाई पाखा लगाएर भाषण गर्दै छन् र देशको राजनीति देशका जनताको ईच्छा र चाहनामा हैन विदेशीको ईशारामा गरेका छन् भने तिनीहरूको नागरिकताको सम्बन्ध कसरी कायम रहन्छ र तिनीहरू कसरी स्वदेशका नागरिक भए?
नागरिक र नागरिकताको परिभाषा वमोजिम एउटा नागरिकले राष्ट्र प्रति निर्वाह गर्नु पर्ने दायित्व यिनीहरूले पूरा गरेको मानिन्छ त! त्यस्तै नीति निर्माण तहमा रहे बसेका उनीहरूले आफ्ना सन्तति समेत यही राष्ट्रको नागरिक रही रहोस् भनेर उनीहरूलाई देश भित्र अडिन सक्ने वातावरण बनाएका छन् कि छैनन् त भन्दा पटक्कै छैन। आफ्ना सन्तति त विदेशिने वातावरण बनाउनेले देशका अन्य यूवाको विषयमा यिनलाई के को चासो ? त्यसैले भोलीको पिंढी समेत नेपालको नागरिक कायमै भएर नेपालको सेवा गरोस् र नेपालमै बसोस् भन्ने सोच पनि नराख्ने र आफूले राजनीति गर्दा पनि विदेशीको ईशारा र निर्देशनमा गर्ने हाम्रा पाका राजनीतिक प्राणीले एउटा नागरिकको भूमिका खेलेको पाईदैन। कुरा ठूला गरेर केही हुनेवाला छैन। आफ्ना हरेक सन्तानलाई गैर आवासीय नागरिक बनाएर आफू नक्कली नागरिक भएर बस्नुले एउटा नागरिकले राष्ट्र प्रतिको कर्तब्य पूरा गरेको ठहर्दैन। आज विश्वका साना र अल्प विकसित राष्ट्रहरू शक्ति सम्पन्न राष्ट्रका दाश हुदै गएको पाईन्छ।
बिज्ञापन
आफ्नो बुता र बलमा उभ्भिने साहस नहुनेहरू अरूको दाश हुनु अस्वभाविक हैन। आफ्नो देशलाई अरूको बजार बनाउन पाउदा रमाउने, आफ्ना यूवाहरूलाई देश भित्र अड्याउने वातावरण नबनाएर एयर पोर्टबाट यूवाको लस्कर बाहिर पठाएर आफूलाई ठूलो राजनीतिज्ञ ठान्ने बुढाहरूले यो देशलाई अझै रसातलमा डुबाउदै छन्। कुनै पनि देश र देशवासीका लागि नागरिक र नागरिकता राष्ट्रियता संग गासिएको विषय हो। जब यी विषय सतही र आडम्बरी हुन जान्छन् त्यस बेला राष्ट्र संकटमा पर्छ। यसरी राष्ट्रहरू लोप हुदै गएका ईतिहास खोज्न धेरै टाढा पुग्नु पर्दैन। हामी आफै कमजोर हुदै जादा हामीलाई बलियो बनाउने अरूले हैन। यो काम हामी आफैले गर्न सक्नु पर्छ। अहिले हाम्रा नीति निर्माताहरू यस तर्फ चुक्दै गएको पाईएको छ। यिनीहरू सबै विदेशी गुलियोमा भुलेका छन्। जसरी विश्व दुई ध्रुवमा विभाजन भएको छ हामी पनि त्यसैको प्रभावमा परेका छौ। हामीले आफ्नो देश र जनतालाई भन्दा अरूको ईशारालाई महत्व दिएका छौ। हामीलाई कमजोर तुल्याएर त्यसको फाईदा लुटन वैदेशिक शक्तिको होडवाजी चलेको छ र हामी जानी नजानी त्यसको सिकार भै रहेका छौ। यदि यसलाई सच्याईएन भने हामी यो देशको नागरिक पनि रहने छैनौ र हाम्रो नागरिकता पनि हराउने छ।