४० पुरस्कारमध्ये २१ सिंहदरबार आसपास,१९ काठमाडौं बाहिर कार्यालयका

आज निजामती सेवा दिवस मनाइदै छ । सेवा दिवसको अवसरमा १० कर्मचारीलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र अन्य ३० जनालाई निजामती सेवा कर्मचारी पुरस्कार वितरण हुँदै छ ।

बिज्ञापन

कुनै समय विवादित पृष्टभूमिका सूर्य गौतमलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएकै कारण आजसम्म पनि २ लाख राशीको उक्त पुरस्कार विवादमा मात्र परेको छैन । यसअघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार थापेका छन् । जसमध्ये गौतम, तिवारी, काफ्ले विवादित चरित्रका पात्र हुन् । यसअघि सर्वोत्कृष्ट पुरस्कार थापेका सहसचिव सूर्य गौतम लोकसेवा आयोगमा विज्ञ हुँदा आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेसँगै सर्वोत्कृष्ट निजामती पुरस्कार नै विवादमा पर्दै आएको छ । सोही कारण ०७३ सालदेखि यो पुरस्कार वितवरण गर्न छाडिएको छ । पुरस्कार वितरण हुन छाडेको ८ बर्ष भएको छ ।

बिज्ञापन

दिवसको अवसरमा १० कर्मचारीलाई १ लाख राशीको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरिँदै छ । व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको यो दिवसको अवसरमा को नाम सार्वजनिक भएको छ । सूची अनुसार,सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत रामचन्द्र दंगाल, कर्णाली प्रदेशका सचिव शंकर बहादुर के सी, प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने उपसचिव राजु प्रसाद गुरागाईँ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चूडाराज न्यौपाने, गृहका उपसचिव कृष्ण सापकोटा, सामान्य प्रशासनका उपसचिव चिरञ्जीवी नेपाल, नापी कार्यालय खाँदवारी सर्वेक्षक आशा राई,कोशी टप्पु बन्युजन्तु आरक्षको टरेगा बुनु राना र निल बहादुर पुर्जा मगर रहेका छन् । जसमा ६ जना सिंहदरबार र काठमाडौं कार्यालयमा कार्यरत कर्मचारीहरु रहेका छन् ।

सूची अनुसार उत्कृष्ट निजामतीबाट १० पुरस्कृत हुँदा ४ सिंहदरबार र काठमाडौं कार्यालयमा कार्यरत कर्मचारीहरु परेकाछन् भने ३० लाई निजामती पुरस्कारबाट पुरस्कृत गरिँदा १५ काठमाडौंभन्दा बाहिर कार्यक्षेत्र भएका कर्मचारी समेटिएका छन् ।

बिज्ञापन

 

यस्तै,निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, र केशव राज पार्धे रहेका छन् । त्यस्तै वेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद र राम माया गुरुङ,डा पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।जसमध्ये १५ जना सिंहदरबार र काठमाडौं कार्यालयमा कार्यरत कर्मचारीहरु छन् भने बाँकी काठमाडौं बाहिरका कार्यालयमा कार्यरत कर्मचारीहरु रहेका छन् ।

पुरस्कारका लागि विभिन्न मन्त्रालय र देशभरका संघीय कार्यालयहरूबाट पुरस्कारको लागि जम्मा १६२ जनाको नाम सिफारिस भई आएको थियो। मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार सिफारिस समितिमा सदस्यका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक जना सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, सरकारले तोकेका अर्का एक सचिव तथा सेवानिवृत्तमध्येबाट सरकारले तोकेका अर्का एक सचिव सदस्य रहेको उक्त समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य सचिव रहनेछन्। समितिले १६२ जनामध्येबाट ४० कर्मचारीको नाम सरकारसमक्ष सिफारिस गरेकोमा ती ४० कर्मचारीलाई पुरस्कृत गर्न लागेको हो ।
विगतका बर्षहरुमा सरकारले वितवरण गर्न यस्ता पुरस्कार सिंहदरबारको कब्जामा हुन्थ्यो । ४० वटा पुरस्कारमध्ये ३२ वटा सिंहदरबार र मन्त्रालयमा कार्यरत कर्मचारीहरूको कब्जामा थियो,विगतमा । अघिल्लो आर्थिक बर्षमा ४० कर्मचारी छनोट गरिएकोमध्ये १४ जना काठमाडौं उपत्याकाभन्दा बाहिरका थिए भने काठमाडौं २६ कर्मचारी परेका थिए ।

दुर्गममा बसेर जनताका सेवाका खटिएका कमै कर्मचारीमात्र पुरस्कृत हुन्थे तर यस पटक दुर्गममा सेवा गर्ने कर्मचारीलाई समेत समेट्न खोजिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।